Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरको मतगणना आजै रातिदेखि सुरु हुने


कीर्तिपुरको मतगणना आजै रातिदेखि सुरु हुने

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आजै रातिदेखि सुरु हुने भएको छ । अहिले २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ ।

मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालले जानकारी गराए ।

नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ । सम्भवतः राति १० बजेपछि मतगणना सुरु हुने पौड्यालले जानकारी दिएको छ ।

३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरमा दिउँसो २ बजेसम्म १७ हजार बढी मत खसेको सहायक निर्वाचन अधिकृत पौड्यालले जानकारी गराए । कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ । नगर प्रमुखका लागि २० जनाको उम्मेदवारी परेको थियो । एकीकृत समाजवादीका भानु रिजालले माओवादी केन्द्रका उम्मेदवार र स्वतन्त्रका नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमान मानवलाई समर्थन गरेका छन् ।

हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।