Sunday, August 24, 2025

२०८२ भाद्र ८, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सनराइज फर्स्ट म्युचुअल फण्ड वितरण गर्दै


सनराइज फर्स्ट म्युचुअल फण्ड वितरण गर्दै

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले असोज २६ गते शुक्रबारदेखि इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा गर्ने भएको छ । फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई करसहित १६ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गर्ने घोषणा गरेको थियो। प्रतिफल वितरण प्रयोजनार्थ फण्डले असोज १४ गते बुकक्लोज गरेको थियो। फण्डले असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको बैंक खातामा सो दरमा प्रतिफल जम्मा गर्नेछ । फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ भने कोष प्रबर्धक लक्ष्मी सनराइज बैंक लिमिटेड रहेको छ ।