Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरबाट स्रोत नखुलेको १४ लाख नगद र २३ वटा स्मार्ट वाचसहित तीन जना पक्राउ


कीर्तिपुरबाट स्रोत नखुलेको १४ लाख नगद र २३ वटा स्मार्ट वाचसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौंमा भन्सार छलेको गाडी र स्रोत नखुलेको १४ लाख नगदसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

कीर्तिपुर नगरपालिका-१० बाट सोमबार प्रहरीले भन्सार छलेको गाडी र १४ लाख ६० हजार नगदसहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा अर्घाखाँची घर भई ललितपुरको हात्तिवन बस्ने ४३ वर्षीय चिरञ्जीवी पौडेल, धनुसाका ३० वर्षीय बिक्की रन्जन जैसवाल र चिनियाँ नागरिक सुइ जुम्लिङ छन्।

उनीहरूबाट भन्सार छलेर ल्याएको बा २४ च ३२९३ नम्बरको गाडी, पाँच वटा मोबाइल ७ वटा फोन र २३ वटा स्मार्ट वाच बरामद गरेको छ।