Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कक्षा १२ मा अंग्रेजी, एकाउन्ट र सामाजिकमा धेरै न्‌ग्रेडेड


कक्षा १२ मा अंग्रेजी, एकाउन्ट र सामाजिकमा धेरै न्‌ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमा नन्‌ग्रेडेड भएका छन् । त्यसपछि एकाउन्ट र सामाजिक विषयमा सबैभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण छन ।

अंग्रेजीमा ७२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा १ लाख २ हजार २ सय ६ जना विद्यार्थी नन्‌ग्रेडेड भए । सामाजिकमा ५१ हजार, एकाउन्टमा ४७ हजार विद्यार्थी नन्ग्रेडिङमा परेको बोर्डले जनाएको छ ।

गत असारमा सार्वजनिक एसईईको नतिजामा धेरै विद्यार्थी गणित, अंग्रेजी र विज्ञान विषयमा अनुत्तीर्ण भएका थिए । कक्षा १२ मा दुई बिषयसम्म नन्ग्रेडिङ नतिजा ल्याउने विद्यार्थीको पुरक परीक्षा भदौ २५ र २६ गते सञ्चालन गर्ने बोर्डले जनाएको छ ।

विद्यार्थीले १ सय ८ विषयमा परीक्षा दिएका थिए । ५२.१५ प्रतिशत विद्यार्थी ग्रेड प्राप्त गर्दै उच्च शिक्षामा भर्ना हुन योग्य ठहरिएका छन् । १ लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडिङ (एनजी) मा परेका छन् । दुई बिषयसम्म नन्ग्रेडिङ हुने विद्यार्थीको संख्या १ लाख २७ हजार ७ सय ७ जना रहेको छ ।