काठमाडौं । पछिल्लो समय देशका अधिकांस सहकारी संस्थाहरुमा आर्थिक तरलताका कारण समस्या देखिएको छ । अर्थतन्त्रमा आएको तरलता र शेयर सदस्यहरुको सहकारीप्रतिको नकरात्मक बुझाइका कारण सहकारीमा जम्मा गरेको निक्षेप मनपरि तरिकाले आफुखुशी फिर्ता लिन खोज्दा थप समस्यामा देखिएको हो ।
वागमती प्रदेशमा दर्ता भएका करिब ३२ सय सहकारी मध्ये करिब २२० वटा सहकारीमा समस्या देखिएको छ । जुन सहकारीहरु अहिले बन्द छन् भने, निक्षेपकर्ताको रकम पूर्णरुपमा जोखिममा छ । निक्षेप फिर्ताको ताकेताका कारण अधिकांस सहकारीमा समस्या आउदा त्यसको मारमा अन्य सहकारी पनि परिरहेका छन् । कतिपय सहकारीमा शेयर सदस्य र सञ्चालकबीचको मनमुटाव र व्यक्तिगत प्रतिशोधका कारण समस्या बढी रहेको देखिन्छ ।
संघीय राजधानी काठमाडौंमा रहेका केहि ठुला सहकारीहरु गौतम श्री, शिवशिखर, सिभिल जस्ता संस्थाहरुमा समस्या आउंदा अन्य सहकारीले त्यसको मार खेप्नु परिरहेको अवस्था छ । देशका विभिन्न शहरहरुमा कतिपय सहकारीले सेवा केन्द्र विस्तार गर्ने र सहकारीलाई व्यापारको रुपमा विस्तार गर्दा अन्य सहकारीहरु थप मर्कामा परेका हुन् । केहि दिन अघि काठमाडौंको कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लि.व्यक्तिगत प्रतिशोध र केहि शेयर सदस्यहरुको इगोको सिकार बनेको छ । निक्षेप फिर्ताको माग गर्दै केहि सदस्यहरुले सम्बन्धित निकायमा उजुरी समेत दिएका थिए ।
सो निवदेनका विषयमा सोमबारमात्रै वागमती प्रदेशको सहकारी महाशाखा हेटौँडामा छलफल पछि एक सहमति बनेको छ । जसले १० हजारबढी सदस्यको निक्षेप धरासयी हुने आकलन बढेको छ । ३१ जना शेयर सदस्यले तत्काल निक्षेप फिर्ताको माग गर्दा सहकारी थप समस्यामा परेको छ । व्यवस्थापकले सहकारीबाट ऋण लिएकाबाट रकम नउठेको, जग्गा लिलामिमा राख्न तयार भएको अवस्थामा जग्गा दिएर निक्षेप फिर्ताको तयारी गर्दा पनि उनीहरु सहमतिमा आउन नचाहेको दुखेसो पोखेका छन् ।
जसले गर्दा अन्य निक्षेपकर्ताको रकम धरासयी हुने सम्भावना बढेको छ । वागमती प्रदेश अन्र्तगतको सहकारी महाशाखामा भएको सहमतिमा माघ मसान्तबाट उजुरीकर्ताको निक्षेप फिर्ता हुन सुरु नभए संस्थाका सञ्चालकहरुको सम्पत्ती रोक्का हुने, सहकारीको सम्पत्तीपनि रोक्का हुनसक्ने र सञ्चालकलाई कानुनी कारवाहि अघि बढाउने जस्ता सहमति पछि मात्रै ३१ जनाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
तर, अहिलेको आर्थिक तरलताको समयमा त्यो सम्भावना नभएको एक सहकारी अभियान्ताले बताए । उनले भने, “दर्शनसँग भएको सहमति कार्यान्वयन हुनेमा म ढुक्क छैन किनभने, उजुरीकर्ता जग्गा लिन मान्दैन, सहकारीसँग अहिले नगद व्यवस्थापन गर्ने सामथ्र्य छैन” ।
३१ जना निक्षेपकर्ताको करिब ६ करोड रहेको खुल्न आएको छ । ३१ जनाको निक्षेप फिर्ताकालागि व्यवस्थापक चुके १० हजार निक्षेपकर्ताको करिब १ सय ५० करोडनै जोखिम पर्ने देखिन्छ । एक सदस्यले भने, “हामी कुनैपनि हालतमा सबै शेयर सदस्यको निक्षेप सुरक्षित गर्न लागिपरेका छौं”।
कसैले व्यक्तिगत प्रतिशोध राख्दैमा १० हजार शेयर सदस्यलाई जोखिम राख्न नसकिने उनको भनाई छ । वागमती प्रदेश सहकारी महाशाखाका रजिष्ट्रार राधाकृष्ण खतिवडाले अहिलेको अवस्थामा शेयर सदस्यहरु नै गम्भीर भई सहमतीमा आउनुपर्ने बताए । विजनेस दर्शनसँगको कुराकानीमा उनले अहिले शेयर सदस्यले निक्षेप फिर्ताको ताकेता गर्ने उता दुर्गा प्रसार्इँ जस्ता अभियन्ताले सहकारी, लघुवित्त र बैंकको ऋण तिर्न नपर्ने अभियान चलाउँदा थप समस्या बढेको बताए ।
सहकारी अध्यक्ष दिनेश दर्शनधारीले हामीसँगको कुराकानीमा तत्काल नगद व्यवस्थापन नभएपनि सहकारीले ऋण दिँदा धितो राखेका जमिन लिलामगरि निक्षेपकर्ताको नाममा पास गरिदिन आफु तयार रहेको बताए । उनले उजुरीकर्ताले कुनैपनि हालतमा नगद व्यवस्थापन गर्न ताकेता गर्दा समस्या आएको बताए ।
उनले भने, “म कानुनी कारवाहि भोग्न तयार छु, तर कसैको दवाव, प्रभाव र प्रतिशोध मेटाउन १० हजार शेयर सदस्यहरुको निक्षेप जोखिममा पार्न सक्तिन” । दर्शन बचत तथा ऋण सहकारी अहिले पनि सञ्चालनमा रहेको, भोली पनि रहने र स्वेतपत्रमा उल्लेख भए अनुसार व्यवस्थापन गर्दै जाने उनको भनाई छ । अध्यक्ष दर्शनधारीले भने, हामीले तत्काल ऋणीबाट असुलउपर गर्नेगरि जग्गा व्यवस्थापन गर्न तयारीमा हुदा केहि शेयर सदस्यले मुद्दा हालेर रोक्का गरेको अवस्था रहेको छ ।
दर्शन ऋण तथा बचत सहकारी संस्थाका ३१ जना शेयर सदस्यले तत्काल निक्षेप फिर्ता गर्न माग गर्दै लामो समय संस्थाका विरुद्धमा विभिन्न निकायमा उजुरी गर्दै आइरहेका छन् । उजुरीकर्तामा शेयरद सस्यहरु शम्भु रत्न बज्राचार्य, राजु महर्जन, कञ्चन महर्जन, रिता महर्जन, श्याम पुलु महर्जन, दिपक महर्जन, किरण कुमार श्रेष्ठ, भुवनमान, सामाज्यमान जोशी, सुनिल महर्जन, रेवती, दिलेश महर्जन लगायतका छन् ।