काठमाडौं । काठमाडौं महानगरपालिकाले पछिल्लो समय अनुमति नलिई राखेको विज्ञापनका होर्डिङ बोर्ड हटाइरहेको छ । महानगरपालिकाले तोकेको मापदण्ड भन्दा बाहिर, अनुमति नलिएको स्थानमा राखिएको होर्डिङ बोर्डहरू हटाइरहेको महानगर प्रहरीले जनाएको छ । मंगलबार मात्रै काठमाडौं महानगर वडा नम्बर १५ अजिमा हलदेखि भगवान पाँउ क्षेत्रमा राखिएको अनधिकृत रुपमा विज्ञापन गरी राखिएका ४२ थान होडिङ बोर्ड हटाएको महानगरले जनाएको छ ।
महानगरपालिकाले अनुमति नलिई राखेको विज्ञापनका होर्डिङ बोर्ड हटायो