Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचकमा गिरावट


नेप्से परिसूचकमा गिरावट

काठमाडौं । कारोबारको पहिल्लो दिन नेप्से परिसूचक बढेको थियो भने आज घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक २.८८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२० अंक र सेन्सेटिभ इण्डेक्स ०.८२ अंक घटेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ।

अघिल्लो कारोबार दिन १ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २७७ स्टकको ३६ हजार ५६८ पटकको कारोबारमा १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ बराबरको ५६ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। सोमबार रिभर फल्स पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कम्पनीको सेयरमूल्य आज द २६ रुपैयाँ ८० पैसा बढेर २९४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ गोर्खाज फाइनान्सको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। जसमध्य शिवम् सिमेन्ट्सको सेयरमूल्य ४.५० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ।

सो दिन कम्पनीको १९ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। यस्तै आइएमई जनरल इन्स्योरेन्सको करिब १० करोडको सेयर कारोबार भएको छ भने चिलिमे हाइड्रोपावर कम्पनीको ९ करोडभन्दा बढीको शेयर किनबेच भएको छ। १३ वटै उपसमूहको मूल्य घटेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन विकास बैंक, वित्त, जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।