Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्राधिकरणले भोलीबाट दर्ता नभएका मोवाइल ब्लक गर्ने, एमडिएमएस कार्यान्वयनमा


प्राधिकरणले भोलीबाट दर्ता नभएका मोवाइल ब्लक गर्ने, एमडिएमएस कार्यान्वयनमा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारबाट रोकिएको एमडिएमएस कार्यान्वयनमा ल्याउने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएसमा)दर्ता नभएको करिब ५० लाख फोन मध्य पहिलो चरण आईफोन लगाएत महङ्गा फोन ब्लल गरेर सो प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

यसअघि अर्थमन्त्रालय र सञ्चार मन्त्रालयले अनुमति नदिँदा दर्ता नभएका ५० लाख हाराहारी फोन ब्लक गर्न प्राधिकरण पछि हट्दै आएको थियो । गत जेठबाटै लागू गर्ने भनेपनि पटक पटक विवादमा फस्दा एमडिएमएस लागू हुन सकेको थिएन । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भोलिदेखि दर्ता नभएका मोबाइल ब्लक गरिने बताए ।

‘पहिला हामि हाई रेन्जका फोनबाट बन्द गर्न सुरु गछौं । एक लाख ५० हजार माथिका फोन पहिलो चरण ब्लक गछौं’ उनले भने ‘ यस्ता हाइरेन्जका फोन ३५ सय हाराहारी छन’ । उनका अनुसार महङ्गा फोन बन्द भएपछि अन्य फोन क्रमश बन्द गर्ने उनको भनाई छ ।