Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कृषिमन्त्री अधिकारीले भनेः ११ महिना बितिसक्दा पनि किसानको दुधको पैसा तिर्न नसक्दा दुःख लाग्छ


कृषिमन्त्री अधिकारीले भनेः ११ महिना बितिसक्दा पनि किसानको दुधको पैसा तिर्न नसक्दा दुःख लाग्छ

काठमाडौं । ‘दुधको खपत बढाऔँ, अर्थतन्त्रलाई सबल बनाऔँ’ भन्ने मुलनाराका साथ विश्व दुग्ध दिवस मनाइएको छ । सरकारले यस वर्षको विश्व दुग्ध दिवस आइतबार बागमती प्रदेशको हेटौँडामा मनाएको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाली डेरी एसोसिएसनलगायत विभिन्न संघ संस्थाले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा दुग्ध क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था, व्यवसायी, वैज्ञानिक, सहकारी प्रतिनिधि र सरकारी अधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफू मन्त्री भएको ११ महिना बितिसक्दा पनि किसानको दुधको पैसा तिर्न नसक्दा दुःख लागेको बताए ।

दुग्ध विकास संस्थान (डीडीसी) मार्फत मात्र झन्डै एक अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले बताए । समग्र किसानलाई तीनदेखि चार अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेको पनि उनले बताए ।

मन्त्री अधिकारीले आफू मन्त्री बनेपछि किसानका पक्षमा केही गर्न सकिन्छ भनी सोच लिएर काम गरेको तर अघिल्लो सरकारले ल्याएको बजेटमा उल्लेख गरेको कार्यक्रमबाहेक अरू केही गर्न नपाएको आफैसँग गुनासो गरे । किसानलाई १५ दिनभित्र दुधको भुक्तानी दिनुपर्ने प्रावधान भए पनि व्यवहारमा त्यो हुन नसकेको उनले स्वीकार गरे ।