Wednesday, December 04, 2024

२०८१ मंसिर १९, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दर्शन साकोसका सबै सेवा सञ्चालनमा, सहमति र सहकार्यको विकल्प नभएको अध्यक्ष दर्शनधारीको भनाई


दर्शन साकोसका सबै सेवा सञ्चालनमा, सहमति र सहकार्यको विकल्प नभएको अध्यक्ष दर्शनधारीको भनाई

काठमाडौँ। कीर्तिपुर स्थीत दर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सबै सेवा सञ्चालन गरेको  छ । सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले एक विज्ञप्ति जारी गर्दै बिहिबारबाट सबै सेवा सञ्चालनमा आएको बताए।  

बचत फिर्ताको माग गर्दै बचतकर्ताले आन्दोलन गर्दा गत २१ गतेबाट संस्थाले आफ्नो सम्पुर्ण सेवा अनिश्चितकॉलका लागि बन्द गरेको थियो । 

हिजो बचत कर्ता र सञ्चालक समिति बीच भएको थप सहमतिमा सेवा सुरु गरिएको सस्थाका सिइओ सुवर्ण महर्जनले बताए । विहिवारको छलफलमा १५ दिनभित्र सम्पत्ति व्यवस्थापन बाट बचत फिर्ताको कार्ययोजना बनाउने सहमति भएको छ। 

त्यसअघि पछिल्लो समय दर्शन साकोसका विरुद्धमा बचत कर्ताको आन्दोलनले नियमित कार्यालय सञ्चालन गर्न कठिन भएको भन्दै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।  

यसैबीच,सहकारीका अध्यक्ष दिनेश दर्शनधारीले सञ्चालक समिति र बचतकर्ता बीच आपसि सहमति सहकार्यको विकल्प नभएको बताए । 'हामीसँगको कुराकानीमा उनले अहिले देशका सबै सहकारीमा आर्थिक संकट छ,हामी मात्रै यसको भागेदार हैनौँ।

त्यसैले सबैको सहयोगमा मात्रै अघि बढ्न सकिन्छ उनले भने ' पछिल्लाे समय मलाई जेल पठाउने, संस्थालाई संकटमा धकेल्ले चलखेल नभएको होइन तर,मैले संस्था र बचतकर्ताको रकम माथि कुनै सम्झौता गर्न सक्दिन । 

मेरो लागि १० हजार सदस्य एउटै र समान हुन । अहिलेको अवस्थामा धर्य गर्नु भन्दा अर्को विकल्प नभएको बताए। उनले कीर्तिपुरका सहकारीमा संकट आउनु, संकट ल्याउनु खोज्नु भने कीर्तिपुरबासी माथि संकट लाउनु रहेको भन्दै आपसी विमेल नल्याउन आग्रह गरे ।

उनले हामी आफै मिल्न न खोज्नु,दुःखको बिषय हो । 'कीर्तिपुरका जनतालाई समस्या देखिँदा कीर्तिपुरकै जनताले ताली बजाउने अबस्था देखिएको छ,जुन दुःखको बिषय हो उनले भने'