Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकहरुमा १ अर्ब लगानी गर्दै राष्ट्र बैंक


बैंकहरुमा १ अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंक उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो।

केन्द्रीय बैंकले उक्त रकममध्ये ८० करोड रुपैयाँ वाणिज्य बैंकमा, १५ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंक र ५ करोड राष्ट्रियस्तरका वत्त कम्पनीमा मुद्दति निक्षेपमा लगानी गर्ने छ।

उक्त रकम आउँदो २०८० कात्तिक १२ गतेदेखि २०८१ कात्तिक १२ गतेसम्म ३६६ दिनका लागि मुद्दति निक्षेपमा लगानी गरिने राष्ट्र बैंकले बताएको छ। इच्छुक बैंकले भोलि असोज २३ गते बेलुका ७ बजेसम्म प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ।