Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गर्दै


राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी नवीकरण गर्दै

काठमाडौं,नेपाल राष्ट्र बैंकले आगामी असोज ३० गते १८ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी नवीकरण गर्न लागेको हो।इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार ९१ दिने ट्रेजरीका लागि ८ अर्ब ७० करोड रुपैयाँ छुट्टाइएको छ भने १८२ दिनेका लागि ५ अर्ब रुपैयाँ ३६४ दिने ट्रेजरीका लागि ६ अर्ब रुपैयाँ छुट्टाइएको छ। सोमबार बोलकबोल हुने ट्रेजरी असोज ३० गते बिक्री गर्ने भएको छ। यसअघि केन्द्रीय बैंकले असोज २२ गते १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो।