Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बिहिबार नेप्से परिसूचक ४९.१५ अंकको बृद्धि


बिहिबार नेप्से परिसूचक ४९.१५ अंकको बृद्धि

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ४९.१५ अंकले बढेको छ । आज एक दशमलव ७७ प्रतिशतले बढेर २८१५.०४ बिन्दुमा बन्द भएको छ ।

कुल सात कारोबार दिनयता नेप्से क्रमशः बढ्दै आएको छ । कुल १८६ कम्पनीको सेयर मूल्य बढ्यो भने ५२ कम्पनीको मूल्य  घट्यो । ६ कम्पनीको मूल्य स्थिर रह्यो ।


आज १ लाख १२ हजार ३२ पटकको किनबेचबाट ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कूल २ करोड ६१ लाख ९९ हजार ७८० कित्ता सेयर किनबेच भए ।

आज सबै उपसमूहहरु बढे । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन, जीवन बिमा, निर्जीवन बिमा, विकास बैंक, होटल तथा पर्यटनलगायत उपसमूह बढे ।