Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिटिजन्स बैंकले किन घटायो सबैभन्दा धेरै ब्याजदर


सिटिजन्स बैंकले किन घटायो सबैभन्दा धेरै ब्याजदर

काठमाडौं । माघमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर सिटिजन्स बैंकको छ । बैंकले ५ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ९।१५ प्रतिशत ब्याजदर दिने भएको हो । पुसमा ९।३५ प्रतिशतको ब्याजदर बैंकले माघमा घटाएको हो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ३ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ८.६० प्रतिशत ब्याजदर दिने भएको हो । नेपाल एसबिआई बैंकले १ वर्ष माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ८.२५ प्रतिशत ब्याजदर दिने भएको छ । हिमालयन र सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.१५ प्रतिशत ब्याजदर प्रकाशित गरेका हुन् । दुवै बैंकले १ वर्षभन्दा माथिको निक्षेपमा उक्त ब्याजदर दिने भएका हुन् । कुमारी बैंकले ५ वर्ष भन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ८।११ प्रतिशत, प्राइम कमर्सियल बैंकले पुसमा १० प्रतिशत रहको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ८।१० प्रतिशतमा झारेको छ । बैंकले १० वर्षभन्दामाथिको निक्षेपमा उक्त ब्याजदर प्रकाशित गरेको हो ।

सिद्धार्थ, ग्लोबल आईएमई र नबिल बैंकले पनि ८.१० प्रतिशत ब्याजदर नै प्रकाशित गरेका छन् । सिद्धार्थ बैंकले १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा, ग्लोबल आईएमई बैंकले १ देखि १० वर्षको व्यक्तिगत मुद्दती निक्षेपमा र नबिल बैंकले १ देखि ५ वर्षको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त व्याजदर प्रकाशित गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.०७ प्रतिशत ब्याजदर दिने भएका हुन् । राष्ट्रिय वाणिज्य बैंकले २ वर्ष वा त्यसभन्दा बढी अवधिको र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ वर्षभन्दा बढीको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर दिने भएको हो । पुससम्म छोटो अवधिको निक्षेपमा बढी ब्याजदर राखेको बैंकले माघमा छोटो अवधिको ब्याजदर घटाएर लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ ।

प्रभु र एनआईसी एशिया बैंकले ८.०६५ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । प्रभुले ६ महिनाभन्दा बढी अवधिको र एनआईसी एशियाले २ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर दिने भएका हुन् ।

माछापुच्छ्रे, लक्ष्मी सनराइज र नेपाल बैंकले ८ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् । माछापुच्छ्रेले १ वर्षभन्दा माथिको, लक्ष्मी सनराइजले २ वर्षभन्दा माथिको र नेपाल बैंकले ३ महिनाभन्दा माथिको सबै व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर दिने भएका हुन् ।