Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

नेपाल र भारतबीच क्रस बोर्डर क्यूआर भुक्तानी सेवा छिट्टै सुरु


नेपाल र भारतबीच क्रस बोर्डर क्यूआर भुक्तानी सेवा छिट्टै सुरु

काठमाडौं । नेपाल र भारतबीच क्रस बोर्डर क्यूआर भुक्तानी सेवा छिट्टै सुरु हुने भएको छ । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)को शाखा एनआईपीएल बीच क्रस बोर्डर भुक्तानी सेवा सुरु गर्नेगरी सहकार्य भएको छ । यो सेवा सुरु भएपछि दुवै राष्ट्रका नागरिकले एकअर्को मुलुकमा मोबाइल एप प्रयोग गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।

यो सेवा सञ्चालनका लागि दुवै कम्पनीले तयारी पूरा गरिसकेको फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले जानकारी दिए । केही प्राविधिक कामको एकीकरण अन्तिम प्रक्रियामा रहेको उनले बताए । ‘प्राविधिक एकीकरणपश्चात दुवै कम्पनीको नेटवर्कमा आवद्ध सदस्यहरुलाई सेवा प्रदान हुनेछ, यसले लाखौं उपभोक्ता र व्यापारीलाई लाभ मिल्नेछ’ ढकालले भने । दुवै देशमा डिजिटल भुक्तानीलाई बढवा दिन यसले मद्दत पुग्ने उनको भनाइ छ ।

‘दुवै देशका नागरिकको हितका लागि प्रविधिको प्रयोग गरी वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा यो महत्त्वपूर्ण कदम हो’ उनले भने ‘दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा यसले महत्वपूर्ण योगदान पु¥याउनेछ ।’ फोनपेले हाल नेपालमा अन्तरबैंक, व्यक्ति–व्यक्ति, व्यक्ति–व्यवसायीबीच मोबाइल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ ।