Wednesday, August 20, 2025

२०८२ भाद्र ४, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई एक अर्ब अमेरिकी डलर जरिवाना


चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई एक अर्ब अमेरिकी डलर जरिवाना

एजेन्सी । चीनको वित्तीय नियमनकारी निकायहरूले चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै साढे सात अर्ब युआन अर्थात् लगभग एक अर्ब अमेरिकी डलर जरिवाना लागाएको छ ।

सन् २०२० यता चिनियाँ सरकारले आफ्नो देशका प्रमुख इन्टरनेट र इकमर्स कम्पनीहरूमाथि सुरू गरेको नियमनको प्रयासका रूपमा लिइएको छ । लगभग १७ हजार जना प्रत्यक्ष रूपमा कार्यरत यो कम्पनी सन् २०२० यता विभिन्न खालका समस्यामा पर्दै आएको छ ।

कम्पनिका प्रमुख लगानीकर्तामध्ये एक ज्याक माले चिनियाँ सरकारले नियमन थालेयता सक्रियता घटाउँदै लगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नियमन प्रक्रियाकै क्रममा चीन सरकारले सन् २०२० को मध्यतिर सो कम्पनीको आईपीओ निष्कासन प्रक्रिया रोकिदिएपछि त्यतिबेला ३०० अर्ब डलरभन्दा माथि कुल मूल्य रहेको अनुमान गरिएको एन्ट गु्रपको पछिल्लो कुल मूल्य घटेर झन्डै ८० अर्ब डलर हाराहारीमा आएको छ । यसअघि पनि चीन सरकारले एन्ट ग्रुपकै एक कम्पनी अलिबाबा होल्डिङ्सलाई झन्डै ३ अर्ब डलरको जरिवाना लगाएको थियो ।