Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

‘फिल्म साउथ एसिया’ को चौधौं संस्करण बिहीबारदेखि ललितपुरको यलमाया केन्द्रमा


‘फिल्म साउथ एसिया’ को चौधौं संस्करण बिहीबारदेखि ललितपुरको यलमाया केन्द्रमा

काठमाडौँ । लघु फिल्म र वृत्तचित्रहरूको दक्षिण एसियाली मेला मानिने ‘फिल्म साउथ एसिया’ को चौधौं संस्करण यही बिहीबारदेखि ललितपुरको यलमाया केन्द्रमा सुरु हुने भएको छ । आयोजकका अनुसार चार दिनसम्म चल्ने महोत्सवमा ४७ वटा वृत्तचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंकालगायतका फिल्म तथा वृत्तचित्र प्रदर्शन हुनेछन् ।

महोत्सवमा प्रदर्शन हुने वृत्तचित्र र लघु फिल्मले विभिन्न पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन् । महोत्सवका क्रममा वृत्तचित्र निर्माणलगायतका विषयमा छलफलसमेत हुने आयोजकले जनाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय फेस्टिभलमा प्रदर्शन भएर चर्चा बटुलिसकेको पत्रकार सुविना श्रेष्ठद्वारा निर्देशित ‘देवी’ वृत्तचित्रको पनि विशेष प्रदर्शनी हुने आयोजक संस्थाले जनाएको छ । त्यस्तै महोत्सवअन्तर्गत निर्देशनसम्बन्धी एक कार्यशाला पनि हुनेछ । कार्यशालामा भारतका चर्चित निर्देशक कविर खान प्रमुख अतिथि रहने जनाइएको छ ।

पुरस्कृत र अन्य प्रतिनिधि वृत्तचित्रलाई ‘ट्राभलिङ फिल्म साउथ एसिया’ को नामबाट दक्षिण एसिया र विश्वका विभिन्न सहरमा पनि प्रदर्शन गरिनेछ । सन् १९९७ मा सुरु भएको यो द्विवार्षिक मेलाले परिवर्तनकारी सोचलाई प्रवर्धन गर्ने दक्षिण एसियाली विषयका वृत्तचित्रहरू प्रदर्शन गर्दै आएको छ ।