Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लामाबगर सुरुङ मार्गमा सवारीसाधन चल्न थाले


लामाबगर सुरुङ मार्गमा सवारीसाधन चल्न थाले

दोलखा । निजी क्षेत्रले निर्माण गरेको दोलखाको लामाबगर सुरुङ मार्गमा सवारीसाधन चल्न थालेका छन्। यो सुरुङ हुँदै मालवाहक सवारीसाधन चल्न थालेका हुन्।

बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भिरमा बाहिरी सतहबाट सडक निकाल्न कठिन भएपछि निजी क्षेत्रले निर्माण गरेको सुरुङ मार्गबाट ट्याक्टर र बोलेरो जस्ता सवारीसाधन चल्न थालेको लामाबगरका स्थानीयले बताएका छन्। सुरुङ मार्गको लम्बाइ एक हजार एक सय मिटर रहेको छ।

सुरुङ मार्गको उचाइ छ मिटर र गोलाई सात मिटर रहेको छ।  नासा हाइड्रोपावर कम्पनीले बनाउन प्रस्ताव गरेको लप्ची खोला जलविद्युत् आयोजनाले यो सुरुङ मार्ग निर्माण गरेको हो। नासाले लप्ची खोलामा १६० मेगावाट क्षमताको आयोजना निर्माणको तयारी गरेको छ।

अहिले सुरुङ मार्गको मुखबाट पाँच सय मिटर टाढासम्म यातायात सञ्चालन हुन सक्ने अवस्था बनेको छ।  माथिल्लो भेगका अत्यन्तै कठिन भिर सानो देउराली, अँधेरी खोला र हुरहुरे नजिक सडकको ट्र्याक खोल्ने काम जारी रहेको एमभी दुगड अन्तर्गतको सुमो कन्स्ट्रक्सनका अधिकृत हेमराज तामाङले जानकारी दिनुभयो।