Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुर नगरभित्रका अधिकांस व्यवसाय दर्ताविनै सञ्चालनः छैन अनुगमन, यत्रतत्र पार्किङ, अस्तव्यस्त बजार [भिडिओ सहित]


कीर्तिपुर नगरभित्रका अधिकांस व्यवसाय दर्ताविनै सञ्चालनः छैन अनुगमन,  यत्रतत्र पार्किङ, अस्तव्यस्त बजार [भिडिओ सहित]

काठमाडौं । काठमाडौंको कीर्तिपुर बजार क्षेत्रका अधिकांस व्यवसाय दर्ताविनै चलेको पाईएको छ । कीर्तिपुरको मुख्यबजार क्षेत्र नयाँ बजार, पाँगा, चोभार, भाजंगल, टौदह, ट्याँङ्गला फाँट, चम्पादेवी, नगाउँ, सल्यानस्थान, र भत्क्यापाटी लगायतका स्थानहरुमा रहेका पसलहरु दर्ता विनै चलेको पाइएको हो । नगरभित्रका व्यवसायीक परियोजनालाई नगरपालिकाले नै अनुगमन गर्नुपर्ने हो तर, मुख्यगरि चाडपर्व लक्षित अनुगमनमा मात्रै सिमित हुदाँ व्यवसायीको मनोवल बढेको छ । त्यस्तै, मुख्यगरि कीर्तिपुर नगरपालिकाका १० वटा वडामा त्यस्ता अधिकांस व्यवसाय दर्ताविनै संचालनमा छन् । कीर्तिपुर नगरपालिका कार्यालय परिसर आशापासका अधिकांस व्यवसाय दर्ता नै भएका छैनन् । अहिले चाडपर्व नजिकिएसँगै स्थानीय सरकारले बजार अनुमगनलाई तीव्रता दिएका छन् । तर, अधिकांस स्थानीय तहको बजार अनुगमन औपचारिकतामा मात्रै सिमित हुने गरेको जनगुनासो बढ्दो छ ।

मुख्य चाडपर्व दशैँ र तिहार नजिकिदै गर्दा कीर्तिपुर नगरपालिकाले पनि बजार अनुमगनलाई अघि बढाउने तयारी गरेको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले केहि अघिमात्रै नगरपालिकाको बैठकले बजार अनुगमनलाई अघि बढाउने निर्णय भएको बताए । तर, बजार अनुगमनको मिति भने तोकिएको छैन् । उपभोक्ती बस्तुको बजार मुल्य आकाशियको छ, बजारमा मानिसहरु चाडपर्वकालागि बस्तु किन्न सुरु गरिरहेका छन् तर नगरपालिका बजार अनुमगनलाई अघि बढाउन तिथी कुरेर बसेको छ । ढिलागरि बजार अनुगमन हुदा प्रभावकारी नहुने अधिकारकर्मीको भनाई छ ।

त्यस्तै, कीर्तिपुरमा पछिल्लो समय ठुला होडिङबोर्डले ऐतिहासिक शहरमाथि भद्दा मजाक बनाइरहेको छ । कीर्तिपुर नगरपालिका प्रवेश गर्दैगर्दा सुरु हुने बजार क्षेत्रमा अहिलेपनि ठुला होडिङ बोर्डहरु घरका भित्तामा देखिन्छन् जुन कानुन विपरित छन् । त्यस्तै, सरकारले एक साता अघिमात्रै विदेशी कलाकारहरुको फोटो रहेका बोर्डहरु निर्माण गर्न नपाइने भन्दै सुचना प्रकाशित गरेको थियो । सार्वजनिक सुचना मार्फत विज्ञापन सम्बन्धी परिमार्जित नियमावलीले अबदेखि होर्डिङ बोर्डमा गरिने विज्ञापनलाई राष्ट्रिय र सांस्कृतिक पहिचान अनुकूल बनाउने उद्देश्यले नियम परिवर्तन गरेको थियो । विज्ञापन नियमन गर्ने नियमावलीको पहिलो संशोधन साउन ३२ गते राजपत्रमा प्रकाशित गरिएको छ ।
त्यसको दफा ९ क को उपदफा (३) मा ‘होर्डिङ बोर्ड, सवारीसाधन लगायत अन्य माध्यममा कुनै व्यक्तिको फोटो राखी विज्ञापन गर्ने भएमा स्वदेशी कलाकार वा व्यक्तिको फोटो प्रयोग गर्नुपर्ने छ’ भनेर लेखिएको छ ।

नियम कार्यान्वयनका निम्ति घचघच्याउन विज्ञापन बोर्डले सार्वजनिक सूचना जारी गरेको छ । तर, कीर्तिपुरमा यो नियम कहिले कार्यान्वयनमा आउछ पत्तो छैन ? यसले स्थानीय सरकारको कार्यक्षमता माथि गम्भीर प्रश्न उब्जीएको छ । हामीले यसो भनिरहदा माथिको आदेश आए अनुगमन अघि बढाउने भन्ने जवाफ आउन सक्छ, तर जनताको हितमा हुने कामकालागि माथिको आदेश किन ? जनता भन्दा माथि को छ ? यो लोकतन्त्रको भाषा हुन सक्छ ।

त्यस्तै, कीर्तिपुर वडा नं.३ को कार्यालय रहेको स्थान आशपासका वदशालामा अहिलेपनि खुलेयाम भैसीको मासु विक्रिवितरण भइरहेको पाइएको छ । जुन कानुन विपरित हो । भैसी वा पाडीको मासु बिक्रिवितरण गर्न कानुनले बर्जित गरेको छ । तर, कीर्तिपुरका अधिकांस मासु पसलेहरुले खुलेयाम विक्रि वितरण गरिरहदा स्थानीय प्रशासन भने मौन छ । हामीले कीर्तिपुरका केहि स्थानहरुमा रिर्पाेटिङ गरेका थियौं, जहाँका अधिकास पसलहरुमा दर्ता प्रमाणपत्र छैनन् ।

ट्याँङ्गला फाँट नजिकै विगमार्ट रहेको आसपासका पसलहरु दर्ता बिना नै लामो समय चलेका छन्, भने ठुला मार्टहरुपनि विधिमा जान आनाकानी गरिरहेको पाईएको छ । त्यस्तै कीर्तिपुर क्षेत्रमा सञ्चालनमा रहेका रेष्टुरेन्ट, बर्गर हाउस तथा अन्य चेन रेष्टुरेन्ट दर्ता भएपनि स्थानीय तह सँग सहकार्य नगरेको पाइएको छ । कपाल काट्ने, टेलिङ, फ्रेस हाउस, कस्मेटीक, खाद्यन्नमा जस्ता व्यवसाय दर्ताबिनै सञ्चालनमा छन् । कीर्तिपुरका केहि खाद्य पसलहरुले आफुखुशी बस्तुको भाउ निर्धारण गर्ने गरेको पाइएको छ । उनिहरुले दैनिक सूची प्रकाशन गर्नुपर्नेमा अधिकांस पसलहरुले सूची राखेको देखिएन । कीर्तिपुरका पुस्तक पसल, भाडा तथा फेन्सी र अन्य खाजाघरहरु पनि दर्ताविनै चलेका छन् ।

हामीले केहि खाजाघरमा दर्ता गर्नुभएको छ ? भनि प्रश्न गर्दा सानो व्यवसाय, दिनमा एक हजार पनि व्यापार हुदैँन हामीलाई किन दर्ता गर्नुपर्ने ? भन्दै प्रतिप्रश्न गरेको पाईयो । त्यस्तै कीर्तिपुर नगरपालिकाबाट हस्पिटल जाने रोड आसपासमा लामो समयदेखि विभिन्न कम्पनीका गोदाम तथा डिलर सञ्चालनमा छन्, तर, स्थानीय तह सँग कुनै सहकार्य गरेको देखिएको छैन् । कानुन सबैलाई लाग्छ, सबैले पालना गर्नुपर्छ लामो समय व्यवसाय सञ्चालन गरेका व्यापारीले मनोमानी कर छलि रहेका छन् । स्थानीय तहले करको दायरामा ल्याउन सकेको छैन वा चाहदैन भन्ने प्रश्न अहिले पनि उठेको छ । मुख्यगरि राजनीतिक आडमा व्यापारीहरुले मनोमानी गरिरहेको पाइएको हो ।

कीर्तिपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बास्कोटाले गत बर्ष टोलीनै बनाएर बजार अनुगमन गरि नियममा बाध्ने काम भएको बताए । उनले भने, ‘हामीले पर्व नजिकिदै गर्दा अनुमगन सुरु गर्ने निर्णय गरेका छौं तर, त्यो कहिले हुन्छ थाहा छैन, सायद १-२ दिनमा सुरु गर्छाैं । कीर्तिपुरमा व्यवसाय गर्ने अधिकांस यहिका स्थानीय भएकाले पनि करको दायरामा ल्याउन समस्या भएको एक अधिकारकर्मीको भनाई छ । उनले भने,‘स्थानीय व्यक्तीहरुले जनप्रतिनिधिलाई कदर गर्दैन्, कस्ले के गर्छ भन्ने, राजनीतिक प्रतिशोध राख्ने लगायतका कारण स्थानीय प्रशासनको अनुगमन प्रभावकारी नभएको हो । त्यस्तै कीर्तिपुरको अर्काे समस्या अहिले सडकको पार्किङ बनेको छ । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, र बहुसाँस्कृतिक सम्पदाले भरिपुर्ण यस नगरपालिका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका धरोहरको रुपमा यस क्षेत्रलाई लिइन्छ,तर व्यवस्थीत शहरकारुपमा यसलाई लिन सकिदैन । यसको व्यवस्थाको मुख्य जिम्मेवारी नगरपालिका हो ।

चाडपर्वका समयमा बजारमा मानिसहरुको चहलपहल बढेपनि सडकमा रहेको यत्रतत्र पार्किङले पैदल यात्रीलाई थप समस्या भएको स्थानीयको गुनासो छ । नगरपालिकाले विद्युत तार विस्तार र ढलको कामका कारण केहि समस्या भएको बताउँदै आएपनि विद्युत प्राविधिकरण कीर्तिपुर शाखा र सडक विभागले त्यसलाई वेवास्ता गर्ने गरेका छन् । हामीले विद्युत र सडक दुबैमा सम्पर्क गर्ने प्रयास गरेका थियौं तर, सरकारी कार्यालय जनताको गुनासोमा कति संवेदनशील छ, हामीले भनिराख्नु पर्दैन् । गत महिना कीर्तिपुरको नयाँ बजार क्षेत्रमा स्थानीयले सडकमा धुलोको कारण समस्या भएको भन्दै विरोध गरेका थिए ।

त्यसमा उपमेयर सुनिता शाक्यले तत्काल सडक मर्मत अघि बढाउने प्रतिवद्धता दिएपनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । त्यस्तै, काठमाडौं, ललितपुर महानगरपालिकाले फुटपाट व्यवसाय हटाई सक्दा पनि कीर्तिपुरमा भने बेलुकी पाँच बजेपछि बाटोमा पैदल यात्रीले सास्ती भोग्नु परिरहेको छ । 

यत्रतत्र सडकमा बसेका तरकारी व्यवसायीहरुले बजारनै ओगटेर बसेका हुन्छन् । नगरपालिकाले यस विषयमा तत्काल ध्यानाकर्षण गर्न आवश्यक देखिन्छ ।