Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित


चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित

काठमाडौं । चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार उद्घाटन भएको संघको ५७ औं वार्षिक साधरणसभा तथा अधिवेशनमा नयाँ कार्य समिति चयनका लागि सोमबार मतदान भएको थियो ।

मंगलबार बिहान घोषणा भएको मत परिणाम अनुसार श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी शिरिष पन्तलाई पराजित गरेका हुन । श्रेष्ठसहित नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी र तीन जना उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी निर्वाचित भएका छन् ।


कुल दुई हजार ९७४ मत रहेको चितवन उद्योग वाणिज्य संघमा सोमबार भएको मतदानमा दुई हजार ४१४ मत खसेको थियो । अधिवेशनले कुल २५ सदस्यीय कार्य समिति गठन गर्नेछ । तीमध्ये सात जना निर्विरोध भएका थिए भने १८ जनाका लागि मतदान भएको हो ।

मतदानबाट कार्य समितिमा निर्वाचित सदस्यहरुमा उद्योग तर्फबाट अशोक श्रेष्ठ, इमान्दु बराल, उपेन्द्र पण्डित, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी र शंकर अधिकारी निर्वाचित भए । त्यसैगरी वाणिज्यतर्फ गुणराज पौडेल, दाताराम घिमिरे, दिपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुषाल र सुनिता लिगल कर्मचार्य चयन भएका छन् । महिला सदस्य तर्फ अस्मिता तिमिल्सिना विजयी भएकी छन् ।