Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा थपियो नयाँ सुविधा


सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा थपियो नयाँ सुविधा

काठमाडौं, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकका लागि सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपमा नयाँ सुविधा थप गरेको छ । बैंकले हाल मोबाइल बैंकिङ एपद्वारा नियमित प्रदान गर्दै आइरहेको सेवाका अतिरिक्त अन्य उपयोगी सेवा समेत थप गरेको हो ।

सेवा थपिएसँगै ग्राहकले मोबाइल बैंकिङ एपद्वारा नै मुद्दती खाता खोल्ने, चेक रोक्का गर्ने, डेबिट कार्ड प्राप्त गर्न निवेदन दिने, कार्ड ब्लक गर्ने, पिन रिसेट गर्ने, क्रेडिट कार्डको सीमा हेर्नेजस्ता सुविधा थप गरेको बताएको छ।

सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपलाई नयाँ इन्टरफेसमा अपग्रेड गरिनुका साथै लगइन मेनु पनि पुनर्संरचना गरिएको बैंकले बताएको छ। जसबाट स्मार्ट सेवाहरू, स्मार्ट प्रस्तावहरू, इएमआई क्याल्कुलेटर र विदेशी मुद्रा आइकन छुट्टै ब्लक डिजाइनमा राखिएको उल्लेख छ।यसका साथै बैंकले आफ्ना विशेष ग्राहकलाई लक्षित गरी मोबाइलद्वारा नै प्रिभिलेज बैंकिङ सेवासमेत सुरु गरेको बताएको छ।

यसअघि बैंकले विभिन्न प्रिभिलेज काउन्टरद्वारा प्रिभिलेज बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोमा अब मोबाइल बैंकिङ एपद्वारा नै प्रिभिलेज सेवा प्रदान गर्ने बताएको छ।

यस सेवाअन्तर्गत ग्राहकले बैंकका तोकिएका सम्पर्क अधिकृतद्वारा विनाझन्झट बैंकिङ सेवा प्राप्त गर्न सक्नुहुनेछ। बैंकले हाल देशभरमा एक सय ८८ शाखा, एक सय ४८ एटिएम र ९७ वटा शाखारहित बैंकिङ इकाइद्वारा सेवा दिइरहेको बताएको छ ।