Monday, January 12, 2026

२०८२ पुष २८, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज


मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज गरेको छ । सोमबार नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले २०७६ मा अनुमतिपत्रप्राप्त मोहर डिजिटल प्रा।लिलाई भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ)र (ज) बमोजिमको कसूर गरेकोले अनुमति खारेज गरेको हो । मोहर डिजिटललाई भुक्तानी तथा फर्छ्यौट विनियमावली (प्रथम संशोधन, २०८०० २०७७ को विनियम ३५ को खण्ड (ग) को व्यवस्थाबमोजिम अनुमतिपत्र खारेज गरेको बैंकले जनाएको छ भने संस्थाले जारी गरेका भुक्तानी उपकरणको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्न बैंकले सुझाएको छ ।