Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बालेन शाहको बढ्यो आक्रोश, भोलीदेखी कुनै पनि हिन्दी चलचित्र प्रर्दशन हुन नदिने निर्णय


बालेन शाहको बढ्यो आक्रोश, भोलीदेखी कुनै पनि हिन्दी चलचित्र प्रर्दशन हुन नदिने निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको संवाद नसच्याएको भन्दै भोलीदेखी कुनै पनि हिन्दी चलचित्र प्रर्दशन हुन नदिने निर्णय गरेको छ ।

उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म र नसच्याएसम्म महानगर क्षेत्रभित्रका कुनै पनि हलहरुमा भारतीय चलचित्रलाई प्रदर्शन गर्न नदिने उनले घोषणा गरेका हुन् ।

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट ३ दिन पहिले हटाउन उनले आव्हान गरेका थिए ।

उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा काठमाडौं महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने भएकाले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको जनाएको छ ।