काठमाडौं, दसैं ,तिहार नजिकिएसँगै बजारमा अटो बिक्रेताहरूले विभिन्न योजना सार्वजनिक गरिरहेका छन्। केहीले योजना सार्वजनिक गरिसके, सेवा सुरू भइसक्यो भने केहीले चाडपर्व विशेष योजना भित्र्याउने तयारीमा छन्। चाडपर्व विशेष योजनाहरू हरेक वर्ष सार्वजनिक हुने गर्छ। ग्राहकहरू चाडपर्वको अवसरमा नयाँ सवारी साधन खरिद गर्न रुचाउने कम्पनीहरूको भनाइ छ। यसकारण ग्राहक सेवा प्रवाह बढाउन र आर्थिक सहजता प्रदान गर्न कम्पनीहरूले नयाँ,नयाँ योजना सार्वजनिक गर्ने बताउँछन्।हालै सम्पन्न नाडा अटो सो २०२३ मा पनि दर्जन बढी चार पांग्रे सवारी साधन विक्रेताहरूको उपस्थिति थियो। उक्त प्रदर्शनीमा सर्वसाधारणको आकर्षण देखिएपछि पनि विक्रेताहरूले चाडपर्व लक्षित योजनाहरू सार्वजनिक गर्न थालेका छन्।
गत वर्ष विदेशी मुद्राको सञ्चितीमा ह्रास आएपछि सरकारले सवारी साधन लगायतका वस्तुमा प्रतिबन्ध लगाएको थियो।मंसिरमा प्रतिबन्ध खुले पनि आन्तरिक अर्थतन्त्र चलायमान नहुँदा गाडीको बिक्री पनि घटेको थियो। २०८० भदौ यता भने गाडीको बिक्रीमा सुधार देखिन थालेको छ। यी हुन् यस वर्षको चाडपर्व विशेष योजनहरू सार्वजनिक गर्ने नेपाली बजारमा लोकप्रिय कम्पनीहरूः हुन्डाईले चाडपर्व विशेष हुन्डाई फेस्टिभ डिलाइट २०८० योजना सार्वजनिक गरेकोछ। यस योजनाअन्तर्गत हुन्डाईको जुनसुकै गाडी खरिदमा ६ लाखसम्मको नगद छुट उपलब्ध हुने बताएको छ। त्यस्तै स्क्र्याच कार्डद्वारा थप एक लाखसम्म नगद छुट प्राप्त गर्न सकिने।