Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लम्पी स्किनः साढे ३ महिनामै ३३ अर्ब ५१ करोड नोक्सानी


लम्पी स्किनः साढे ३ महिनामै ३३ अर्ब ५१ करोड नोक्सानी

काठमाडौं,१७ असार । पछिल्लो साढे ३ महिनामै लम्पी स्किन रोगबाट ३३ अर्ब ५१ करोड नोक्सानी भएको छ । नेपाल पशु चिकित्सा परिषद्ले गरेको अध्ययनअनुसार रोग लागेका ६ लाख ८२ हजार ८० पशुबाट उक्त नोक्सानी देखिएको हो । विश्व पशु स्वास्थ्य संगठनका अनुसार यो रोग देखिएको ठाउँमा पशुमा रोग फैलिने दर १० देखि २० र मृत्युदर १ देखि ५ प्रतिशत पुग्छ । तर भारतलगायत केही मुलुकमा फैलिने दर उच्च देखिएको छ ।

कोशीबाट सुरु भएको प्रकोप ७६ जिल्लामा पुगेको छ । रोगबाट कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशीका मध्यपहाडी तथा पहाडी क्षेत्रमा रहेका पशु बढी प्रभावित भएको विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए । सुदूरपश्चिममा २ लाख ७ सय ९८ संक्रमितमध्ये १० हजार ९ सय ३९ पशु मरेको उनको भनाइ छ । कर्णालीमा १ लाख ८९ हजार १५ संक्रमित पशुमध्ये ६ हजार ७ सय ४१ पशु मरेको विभागले जनाएको छ ।

लुम्बिनीमा ७४ हजार २ सय ८९ संक्रमित पशुमध्ये २ हजार ७ सय ८० मरेका छन् । गण्डकीमा २७ हजार १५ संक्रमितमध्ये ५ सय १५, वाग्मतीमा ३१ हजार ३ सय ४३ संक्रमितमध्ये ८ सय ६६ पशु मरेको विभागले बताएको छ ।कोशीमा १ लाख ५४ हजार ५ सय ३२ संक्रमित पशुमध्ये ३ हजार ४ सय ६४ र मधेशमा ५ हजार ८८ संक्रमितमध्ये १ सय १ मरेको विभागले जनाएको छ । रोगविरुद्ध लगाउने खोप हालसम्म ७ लाख ३७ हजार डोज आएको ढकालको भनाइ छ ।

सबै प्रदेशका विभिन्न जिल्लामा १ लाख ७२ हजार १२८ पशुमा खोप लगाइसकिएको छ । आगामी आर्थिक वर्ष ०८०÷८१ का लागि प्रत्येक पालिकामा महामारी नियन्त्रण गर्न संघीय ससर्त अनुदानअन्तर्गत १ लाखका दरले रकम विनियोजन गरिएको छ । साथै १ सय ६१ पालिकामा भेटेरिनरी डाक्टर र सबै पालिकामा प्राविधिक व्यवस्थापनका लागि बजेट व्यवस्था गरिएको बताइएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

के हो लम्पी स्किन  ?

लम्पी स्किन गाईभैंसीमा भाइरसका कारण लाग्ने महामारी रोग हो । यो रोग लागे पशुमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा÷गाँठा देखिने, ¥याल, सिँगान बग्ने, चिप्रा÷कचेरा लाग्ने, खुट्टा÷जोर्नी सुन्निने जस्ता लक्षण देखिन्छन् । यसले मुख्यतया बाछाबाछी, जोत्ने गोरु, उन्नत जातका बढी दूध दिने दुधालु र गर्भिणी गाईभैंसीलाई असर गर्छ ।