Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्र बैंक आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा


राष्ट्र बैंक आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउने तयारी गरेको छ । राष्ट्र बैंक स्रोतका अनुसार यो वर्षको मौद्रिक नीति ल्याउने तयारी भएको बताइएको छ । आर्थिक तरलताका बीच राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिलाई अर्थपुर्ण रुपमा हेरिएको छ । राष्ट्र बैंकका एक अधिकारीले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको बताएका छन् । राष्ट्र बैंकले यसअघि आगामी आर्थिक वर्ष २०८०—८१ को मौद्रिक नीति साउन पहिलो साता नै जारी गर्ने तयारी भएको बताएको थियो ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले अगामी साता नै मौद्रिक नीति आउने जानकारी गराएका थिए । बैठकमा आगामी मौद्रिक नीतिको कार्यदिशा, लक्ष्य र उद्देश्य, आगामी वर्षका वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरु लगायतका विषयमा छलफल भएको थियो ।

मंगलबारसम्म मौद्रिक नीति जारी हुने राष्ट्र बैंकले तयारी गरेपनि आज मौद्रिक नीति सार्वजनिक हुने एक अधिकारीले बताए । छिटोमा आइतबार र ढिलोमा मंगलबारसम्म मौद्रिक नीति जारी हुने राष्ट्र बैंकले जनाएको थियो । यसअघि नै राष्ट्र बैंकले आगामी मौद्रिक नीतिका लागि निजी क्षेत्र, उद्योगि, बैंक तथा वित्तीय लगायतका सरोकारवाला क्षेत्रसंग पनि राष्ट्र बैंकले छलफल गरिसकेको    छ ।