Thursday, June 19, 2025

२०८२ असार ५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

जागिर खाने नाममा गैह्र जिम्मेवार भएर जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुनु राज्यको जिम्मेवारी होइनःप्रधानमन्त्री दाहाल


जागिर खाने नाममा गैह्र जिम्मेवार भएर जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुनु राज्यको जिम्मेवारी होइनःप्रधानमन्त्री दाहाल

काठमाडौं । युक्रेन र रुसका सेनामा भर्ती भएर गएका नेपाली युवाहरू राज्यको नीति र संविधान विपरीत कार्य गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको भनाई छ । शिखर सम्मेलन सम्पन्न गरी स्वदेश फिर्तीको क्रममा आइतबार बिहान त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै जागिर खाने नाममा गैह्र जिम्मेवार भएर युवाहरूले जुनसुकै देशको सेनामा ज्यान फालेर भर्ती हुनु नहुने र अबका दिनमा युवाहरू स्वयं जिम्मेवार बन्न आग्रह समेत गरे ।

युक्रेन र रुसको सेनामा भर्ती भई ज्यान गुमाएकाहरूका विषयमा सरकारले असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा गम्भीरताका साथ चासो दिएको उनको भनाई छ । मृतक परिवारलाई क्षतिपूर्ति राहत र शव फिर्ता ल्याउने सम्बन्धमा समेत रुसका उपविदेश मन्त्री स्तरमै छलफल भएको बताए ।

परराष्ट्रबाट कूटनीतिक पहल भएको तर परिणाम आएन भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले ती देशहरूले गम्भीर भएर लिए पनि द्वन्द्वमा भएकाले समय दिन नसकेको हुनसक्ने बताए ।