काठमाडौं । सुनको भाउ फेरि बढेको छ । लगातार चार दिन सस्तिएको सुनको भाउ बिहीबार महंगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि, सुन मंसिर २२ गते,आईतबार सुन यहिँ मूल्यमा किनबेच भएको थियो । त्यसपछि भने सुनको भाउ लगातार चार दिन घटेको थियो । सोमबारदेखि बुधबारसम्म्मा सुन प्रतितोला २ हजार ८०० रूपैयाँले गिारवट भएको थियो जुन पुनः आज सोहि मूल्यमा पुगेको हो ।
बुधबार भने सुनको भाउमा गिरावट देखिएको थियो । हिजो सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १६ हजार ६०० रुपैयाँमा झरेको थियो । बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँले महंगिएर प्रतितोला एक हजार ४५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य सस्तिएको थियो । हिजो चाँदी तोलामा १० रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ४०० रुपैयाँमा किनबेच भएको थियो ।