Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल एयरलाइन्सको जहाज सिमकोट मै रोकियो


नेपाल एयरलाइन्सको जहाज सिमकोट मै रोकियो

काठमाडौं । सिमकोटबाट नेपालगन्जका लागि उडान भर्ने क्रममा जहाजमा प्राविधिक समस्या आएपछि नेपाल एयरलाइन्सको ट्वीनीटर जहाज सिमकोट विमानस्थल मै रोकिएको छ । अचानक जहाजको बायाँ इन्जिनमा खराबी आउँदा जहाज सिमकोट विमानस्थल मै रोकिनु परेको हो ।

नेपालगन्जका लागि चौध जना यात्रुहरू भरेर एउटा ईन्जिनीन सञ्चालन गरेर अर्को इन्जिन सञ्चालन गर्दा उक्त इन्जिन सञ्चालन नभएपछि जहाजमा प्राविधिक समस्या आएको नेपाल एयरलाइन्स सिमकोट स्टेसनका प्रमुख बलराज हमालले बताए । नाईन एन एबियु कलसाईनको ट्वीनीटर जहाज नेपालगन्जबाट सिमकोटका लागि सोमबार बिहान चौध जना यात्रु बोकेर सिमकोट विमान स्थलमा अवतरण गरेको थियो । उजले यात्रु सबै विमानभित्र पसेको र पाइलटहरूले विमान सञ्चालन गर्ने क्रममा इन्जिन सञ्चालनमा नआउँदा समस्या देखिएको बताए ।

उक्त इन्जिनको तल पट्टीबाट समेत इन्धन चुहिएको थियो । पटक पटक चालक दलका सदस्यहरूले इन्जिन सञ्चालन गर्ने प्रयास गर्दा नभएपछि यात्रुहरूलाई झारिएको थियो । जहाजमा प्राविधिक समस्या आएपछि वरिष्ठ क्याप्टेन मनिस बिष्ट, कोपाईलट र एयरहोस्टेज समेत सिमकोटमा हुनेछन । नेपाल एयरलाइन्स नेपालगन्जका सहायक बलबहादुर सुनारले मङ्गलवार दुई जना प्राविधिक आएर मर्मत पछि मात्र जहाजका बारेमा भन्न सकिने बताए । सोमबार प्राविधिक ल्याउने प्रयास गरिएको भए पनि त्यो सफल हुन सकेको थिएन । झारिएका यात्रुहरूको टिकट भाडा अब फिर्ता गरिनेछ ।