एजेन्सी । घानाले यस वर्षको अन्त्यसम्ममा देश भ्रमण गर्ने सबै अफ्रिकीहरूलाई भिसा–मुक्त प्रवेश प्रदान गर्ने नीति लागू गर्ने बताएको छ । राष्ट्रपति नाना अड्डो डान्क्वा अकुफो–एड्डोले यस्तो घोषणा गर्नुभएको हो । उहाँले घाना सरकार देशमा यात्रा गर्ने सबै अफ्रिकीहरूलाई भिसा–मुक्त प्रवेश सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताए ।
यस वर्षबाट अन्त्यसम्ममा यो नीति लागू गर्न लागिएको बताए । मानिसहरू, वस्तुहरू र सेवाहरूको स्वतन्त्र आवतजावत सुनिश्चित गर्न महाद्वीपमा त्यस्ता नीतिहरू आवश्यक रहेको जानकारी दिनए । नीति कार्यान्वयन अझ बढी प्रतिनिधिमुलक हुनुपर्ने बताए । यो नीतिले अफ्रिकी समाजका विभिन्न तहलाई फाइदा पुग्ने उनको भनाई छ ।