काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं.४ मा निर्माणकालागि अघि बढेको चम्पादेवी केवलकार सञ्चालनका विषयमा नगरपालिका र वडाको निर्णय बाँझिएको छ । नगरपालिकाले सम्भाव्यता अध्ययनलागि छुट्टै कम्पनीलाई सिफारिस गर्दा वडा नं.४ ले भने, अर्कै कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमति दिएको छ ।
नगरपालिका र वडाको निर्णय बाँझिदा स्थानीय सरकार कसरी प्रभावकारी भइरहेको छ, भन्ने प्रष्ट भएको भन्दै आलोचना सुरुभएको हो । कीर्तिपुर नगरपालिकाले चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिको मिति २०७९—१२—२७ गतेको निवेदन अनुसार मिति २०६२—०७—२० मा नेपाल, वन मन्त्रालय, वन विभागसँग चम्पादेवी डाँडाको २२ हेक्टर वन क्षेत्रमा पर्या—पर्यटन परियोजनाको लागि सम्झौता गरी पट्टा लिएको थियो ।
सो परियोजना अनुसार निवेदकले केवलकार निर्माण र सञ्चालनको लागि वातावरणीय परीक्षण गरी स्वीकृतिको चरणमा रहेको अवस्थामा वन विभागले अकस्मात सम्झौता भंग गरी पट्टा खारेज गरेको थियो । सो विरुद्धमा कम्पनी न्यायिक उपचारकालागि सर्वाेच्च पुगेको थियो । सर्वाेच्चको २०७४—०७—२८ गते फैसला अनुसार सो पट्टा खारेजीको निर्णय बदर भएपछि परियोजनाको निरन्तरताकोलागि वातावरण मन्त्रालयबाट पुनः इआईए-आईइइ गर्ने सिफाइस अनुसार नगरपालिकाले स्वीकृति दिएको थियो ।
सम्झौता अनुरुप दक्षिणकाली नगरपालिकाले कीर्तिपुर तर्फ आउने वेयको सम्भाव्यता अध्ययन गर्ने अनुमति चम्पादेवी इको फ्रेण्डली कम्पनी प्रालिलाई दिएको भन्ने बुझीएको छ । भने, कीर्तिपुर वडा नं.४ ले कीर्तिपुरबाट दक्षिणकाली जाने तर्फको वेयको सम्भाव्यता अध्ययनकालागि रोपवे एण्ड केवलकार प्रालिलाई दिएको पाइएको छ । तर, यहाँ एउटै परियोजना फरक—फरक कम्पनीलाई दिएको भन्दै विवाद र विरोध सुरुभएको हो । एउटै आयोजनाकालागि फरक—फरक कम्पनीले काम गर्ने भएपछि स्वार्थ हुने भन्दै स्थानीयहरु अहिले विरोधमा छन् ।
सो परियोजना सञ्चालनकालागि दक्षिणकाली नगरपालिकाबाट पनि स्वीकृति प्रदान हँुदा नगरपालिकाले सञ्चालन अनुमतिको शुल्क लिई प्रत्यक्ष ६—६ महिनामा कार्यप्रगति प्रतिवेदन नियमित बुझाउने निर्देशन दिएको थियो । तर, सोहि परियोजना सञ्चालनकालागि वडां ४ ले भने ललीतपुरस्थीत रोपवे एण्ड केवलकार प्रालिलाई इआईए मुल्याङकणको स्वीकृत प्रदान गर्दा थप अन्यौलता बढेको हो ।
एउटै परियोजना सञ्चालनकालागि नगरपालिका र वडाले छुट्टा छुट्टै कम्पनीलाई स्वीकृती प्रदान गर्दा ठुलो आर्थिक चलखेल भएको स्थानीयले आरोप लगाएका छन् भने, दुवै निकायबीच छलफलनै नभएको पाइएपछि थप संका बढेको एक स्थानीयले बताए । वडा नं.४ का कार्यवहाक अध्यक्ष दिनेश चन्द्र दाहालको हस्ताक्षर सूचनामा सो क्षेत्रमा केवलकार सञ्चालनकालागि उक्त कम्पनीलाई वातावरण मुल्याङकण गर्न अनुमति दिने उल्लेख छ । यता एक—दुईदिनमा बस्ने नगरसभाले चम्पादेवी इको फ्रेण्डली कम्पनीलाई दिएको अनुमति खारेज गर्ने तयारी गरेको छ ।
तर, कम्पनीले आफुले पाइसकेको अनुमति नछोड्ने जनाउदै आइरहेको छ ।
कम्पनीका एक सदस्यले भने, नगरपालिका र वडाको राजनीतिक दाउपेचमा हाम्रो लगानी खेर जान दिदैनौं । सोहि स्थानमा केवलकार निर्माणकालागि सम्भाव्यता अध्ययनकालागि अनुमति दिने निर्णय सर्वसम्मतिले पारित गरेको छ । अहिले दुई कम्पनीलाई सम्भाव्यता अध्ययनकालागि दिने कि एउटा कम्पनीलाई मात्रै दिने भन्ने विषय विवादमा आएको छ ।
उसो त, कीर्तिपुर नगरपालिकाका प्रशासकीय प्रमुख लक्ष्मी प्रसाद बास्कोटालाई भेटि निर्णय सच्याउन माग गरेका थिए । यसको विरुद्धमा अहिले स्थानीयहरु विरोधमा उत्रिएका हुन । स्थानीयले आफुखुशी निर्णय गरेको भन्दै त्यसको विरोध गरेका हुन । कुनै पनि अध्ययन विना स्थानीयको भावना विपरित ठुलो रकमको चलखेलमा काम अघि बढेको हुन सक्ने एक स्थानीयले भने ।
हामीले अहिलेको अबस्थामा पर्या-पर्यटन आवश्यक होइन ? भन्ने प्रश्नमा उनले भनेः पर्यटन प्रवद्धनकालागि काम गर्न सकिन्छ भन्दैमा स्थानीयको भावना अनुसार र उनिहरुसँग छलफल गर्नु पर्दैन ? स्थानीयले यसका विरुद्धमा जनदवाव सुरु गर्ने बताएका छन् । नगरपालिकाले भने, यस विषयमा पहिलेनै निर्णय भएकाले अहिले सम्भाव्यता अध्ययनकालागि अनुमतिमात्रै दिएको बताएको छ ।