Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

आजकै दिनःबेलायतद्वारा इराकी राजधानी बग्दाद कब्जा


आजकै दिनःबेलायतद्वारा इराकी राजधानी बग्दाद कब्जा

एजेन्सी । सन् १९४१ मा आजकै दिन (जुन १) मा बेलायतले इराकी राजधानी बग्दाद कब्जा गरेको थियो । बेलायती फौज पर्सियन गल्फ र हब्बिनिया हवाई अड्डाबाट अप्रिल र मेमा इराक प्रवेश गरेको थियो । त्यसलगत्तै दुई देशका सेनाबीच भीषण संघर्ष चर्केको थियो । करिब एक महिनाको संघर्षपछि बेलायती फौजले बग्दाद कब्जा गरेको हो ।

त्यसलगत्तै प्रधानमन्त्री रसिद अली तथा नुरी अल–सेदसहतिका प्रभावशाली इराकी नेताहरू देश छाडेर भागेका थिए । त्यसपछि बेलायतले इराकको यातायात सञ्जाल र सञ्चारमाथि आफ्नो नियन्त्रण कायम गरेको थियो । बेलायती स्वार्थमा १९४२ को जनवरीमा एक्सिस पावरविरुद्ध इराकले युद्धको घोषणा गरेको थियो । त्यसैगरी, प्रधानमन्त्री अलीका समर्थकलाई सेवाबाट हटाउनुका साथै बेलायत–इराक युद्धका लागि जिम्मेवार ठानिएका चार जनालाई मृत्युदण्ड दिइएको थियो ।