Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बालकुमारी घटनाः पूर्व न्यायाधीशको अध्यक्षतामा बन्ने उच्‍चस्तरीय न्यायिक आयोगले आजैबाट अनुसन्धान सुरु गर्ने


बालकुमारी घटनाः  पूर्व न्यायाधीशको अध्यक्षतामा बन्ने  उच्‍चस्तरीय न्यायिक आयोगले आजैबाट अनुसन्धान सुरु गर्ने

काठमाडौं । सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय न्यायिक आयोग गठन गर्ने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले घटनाको न्यायिक छानबिनका लागि उच्‍चस्तरीय छानबिन आयोग गठन गर्न लागेको हो ।

कांग्रेस नेता रमेश लेखकका अनुसार गठन भएपछि आजैदेखि आयोगले कार्य प्रारम्भ गर्ने छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालयलाई उच्चस्तरीय छानबिन आयोग गठनसम्बन्धी प्रस्ताव ल्याउन निर्देशन दिएका छन् ।

‘बालकुमारी गोल काण्डबारे छानबिन गर्नका लागि छानबिन आयोग ऐन २०२६ बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रधानमन्त्रीजीले गृह मन्त्रालयलाई निर्देशन दिएका हुन । गृह मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव ल्याएर मन्त्रिपरिषद्ले निर्णय गरी सोमबारदिउँसोदेखि नै आयोगले काम गर्ने व्यवस्था मिलाउने कुरा भएको छ ।’ सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले न्यायिक छानबिन आयोगको माग गरेको थियो ।

आइतबार बसेको सत्ता गठबन्धको बैठकपछि प्रधानमन्त्री प्रचण्ड आयोग गठनका लागि तयार भएका थिए । यसअघि घटना भएकै दिन पुस १३ गते प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन भएको थियो ।

तर उक्त छानबिन समितिप्रति मृतकका परिवारले असन्तुष्टि जनाउँदै शव नबुझ्ने अडान राख्दै आएका छन् । बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।