Wednesday, June 18, 2025

२०८२ असार ४, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नागरिकताको आधारमा बजाज मोटरसाइकल सरल फाइनान्स


नागरिकताको आधारमा बजाज मोटरसाइकल सरल फाइनान्स

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्दले नागरिकताको आधारमा सरल फाइनान्स गर्ने भएको छ । मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो फाइनान्स प्रकृयालार्इ अझ सरल बनाउने यस्तो सुविधा ल्याइएको हो । यसअघि मोटरसाइकल खरिद गर्दा घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल,आफ्नो आयस्रोतको सर्टिफिकेट लगायतका विभिन्न कागजात आवश्यकता पर्दथ्यो । यी झन्भटहरुलार्इ हटाएर अब भने बजाजका ग्राहकहरुले यी कागजातको सट्टामा नागरिकता मात्रै लगेर सहजै बजाजका मोटरसाइकल फाइनान्स मार्फत किन्न सक्नेछन् । किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टा भित्रै लोन पास गरेर ९.९९ प्रतिशत सुलभ ब्याजदरमै सरल फाइनान्स मार्फत यो सुविधा पाउन सक्नेछन् । यो स्कीम बजाजका देशभरका आधिकारिक शोरुमहरुमा उपलब्ध सबै मोडलहरुमा लागू हुने कम्पनीले जानकारि दिएको छ ।