Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

होण्डा एसपी १२५ बीएसभीआईमा यस्ता फाइदा


होण्डा एसपी १२५ बीएसभीआईमा यस्ता फाइदा

काठमाडौँ । होण्डा ब्राण्डले १२५ सीसी हर्स पावर रहेको एसपी १२५ बीएसभीआई नेपाली बजारमा ल्याएको छ । होण्डाको लागि नेपालको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि ले यस मोटरसाइकलमा रहेको विशेष किसिमको चक्का तथा आकर्षक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने दाबी गरेको छ ।


आधुनिक प्रविधिको एसीजी स्टार्टरले सवारीबाट निस्कने झर्को आवाजलाई सूक्ष्म मधुर आवाजमा रूपान्तरित गरिदिने कम्पनीको भनाई छ । हृण्डलमै रहेको इन्जिन स्टार्ट स्टप स्वीचले चालकको यात्रा सहजपूर्ण बनाउनेछ । यसमा रहेको गुणस्तरीय एलईडी हेडलाइटले जुनसुकै मौसम तथा परिस्थितिमा ग्राहकहरूलाई सुरक्षाको प्रत्याभूति दिनेमा कम्पनीको विश्वास छ ।

नजिकको होण्डा शोरुम वा होण्डा नेपालको आधिकारिक वेबसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरी सीमित अवधिको लागि मात्र रु। २ लाख ७८ हजार ९०० को प्रारम्भिक मूल्यमा एसपी १२५ खरिद या बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।