Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रोयल इनफिल्डको 'हन्टर–३५०' मोटरसाइकल नेपाली बजारमा,कति पर्छ मूल्य


रोयल इनफिल्डको 'हन्टर–३५०' मोटरसाइकल नेपाली बजारमा,कति पर्छ मूल्य

काठमाडौं,भदौ २९ । नेपाली बजारमा रोयल इनफिल्डको हन्टर–३५० मोटरसाइकल सञ्चालनमा आएको छ। काठमाडौंमा आयोजित नाडा अटो शोद्वारा उक्त मोडलको मोटरसाइकल सञ्चालनमा ल्याएको हो । यो रोयल इनफिल्ड मोटरसाइकलमध्ये आकर्षक रहेको कम्पनीको भनाइ छ। यो मोटरसाइकल सन् २०२२ मा पहिलो पटक सार्वजनिक भएको थियो।

पहिलो वर्ष नै यो चर्चित बनेको थियो। नेपालमा सार्वजनिक भएसँगै यो मोटरसाइकलले नयाँ ग्राहक र बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको रोयल इनफिल्डका प्रमुख कमर्सियल अफिसर यादभिन्दर सिंह गुलेरियाले बताएका छन्। तीन महीनाअघि यो कम्पनीले नेपालमा कारखाना खोलेको छ। वीरगञ्जमा सञ्चालनमा रहेको कारखाना पाँचौं हो।

यसअघि कम्पनीले अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र थाइल्यान्डमा कारखाना खोलिसकेको छ। नेपालबाट वार्षिक २० हजारभन्दा बढी मोटरसाइकल एसेम्बल गर्ने कम्पनीले बताएको छ। अहिले वीरगन्जको कारखानाबाट क्लासिक–३५०, हन्टर–२५० र स्क्रयाम–४११ मोडलका मोटरसाइकल एसेम्बल गरिँदै आएको छ।