Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पतञ्जलि जग्गा प्रकरणः याक एण्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक सराफ बाबुछोरा पनि मुछिए


पतञ्जलि जग्गा प्रकरणः याक एण्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक सराफ बाबुछोरा पनि मुछिए

काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा राधेश्याम सराफ र उनका छोरा अरुण कुमार सराफ पनि मुछिएका छन् ।

सो अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सराफका बाबुछोरासहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । राधेश्याम सराफ याक एण्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक समेत हुन् । उनको २०७८ सालमै निधन भइसकेको छ ।

मृतक सराफ र उनका छोराविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । राधेश्याम सराफको मृत्यु भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनको हकमा अरुण कुमारलाई बिगो असुल उपर गर्ने प्रयोजनार्थ प्रतिवादी बनाएको छ ।

अख्तियारका अनुसार उनीहरूले हदबन्दीभन्दा बढीको जग्गा चौताराम प्रालिको नाममा दर्ता गराएर त्यो जग्गा पतञ्जलि योगपीठको नाममा पास गराइएको थियो। चौतारामको सञ्चालकको हैसियतले राधेश्यामविरुद्ध पनि अभियोग लगाइएको छ । अख्तियारले ५१ लाख रुपैयाँ बिगोसहित कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको छ ।