काठमाडौं । उत्तर कोरियाको पहिलो जासुसी अन्तरिक्ष स्याटलाइट दुर्घटनाग्रस्त भएर समुन्द्रमा खसेको छ ।
उत्तर कोरियाले अमेरिकी सेनाको निगरानी गर्न पठाएको भ–ूउपग्रह समुद्रमा खसेको हो ।
यसअघि अमेरिकी सैन्य गतिविधिको निगरानी गर्न उत्तर कोरियाले जुन ११ सम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने योजना बनाएको थियो । सोही अनुरुप अन्तरिक्षमा प्रक्षेपण गर्ने तयार पारेको सो भू–उपग्रहमा खराबी देखिएपछि समुद्रमा खसेको जनाएको छ ।
उत्तर कोरियाले सो प्रक्षेपण सुरु गर्नु अगाडी दक्षिण कोरियाको राजधानी सियोलमा र जापानको ओकिनावाका बासिन्दाहरूलाई चेतावनी समेत जारी गरिएको थियो । त्यस लगत्तै उनीहरूले त्यसलाई हटाएका थिए ।
कोरियाली सञ्चारमाध्यमका अनुसार सैनिक निगरानीसँग सम्बन्धित उक्त रकेट रेडारबाट गायब भएको र त्यो विस्फोटन भएको जनाएको छ ।
पहिलो स्याटेलाइट दुर्घटनाग्रस्त भए पछि उत्तर कोरियाले सकेसम्म चाँडो दोस्रो प्रक्षेपण प्रयास गर्ने जनाएको छ ।