Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पछिल्लो नौ वर्षमा साढे ६ सय केजीभन्दा बढी सुन बरामद ,सुन तस्करले नयाँ शैली अपनाउदा सुरक्षामा चुनौती


पछिल्लो नौ वर्षमा साढे ६ सय केजीभन्दा बढी सुन बरामद ,सुन तस्करले नयाँ शैली अपनाउदा सुरक्षामा चुनौती

काठमाडौं । केहि बर्षअघि देशमा ठुला सुन तस्करीका घटनाहरु भएका थिए । जुन प्रहरी प्रशाशन र राज्यकालागि ठुलो चुनौति भएको थियो । सुन तस्करी आफैमा गैरकानुनी भएपनि यसले राज्यको ढुकुटीमा ठुलो असर गर्छ । सुन तस्करी हुदा राज्यले पाउने ठुलो कर छलि हुन्छ भने, राज्यको सम्पतीमा ठुलो नाक्सानी देखाउँछ ।

यो सेरोफेरोमा बुधबारमात्रै ठुलो सुन प्रहरीले विमानस्थलबाट बरामत गरेको छ । जुन घटना अहिले निकै चर्चामा छ, भने विमानस्थलको सुरक्षाका विषयपनि निकै सतहमा आएको छ । पछिल्लो नौ वर्षको अवधिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भन्सार र राजस्वसहितका विभिन्न युनिटले हङकङ, दुबई, चीनलगायत मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका नाका हुँदै ६ सय ६५ केजी ५ सय ग्रामभन्दा बढी सुन बरामद गरेका छन् ।

प्रहरीका अनुसार आव २०७२-७३ मा ९८ लाई ७२ केजीसहित पक्राउ परेका थिए । आव २०७३र७४ मा ६४ केजीसहित ८५ जना, आव २०७५र७६ मा करिब ५२ केजीसहित १ सय १५ जना, आब २०७६र७७ मा ३० केजीभन्दा बढी परिमाणसहित ३० जना, आब २०७७र७८ मा साढे ३२ केजीसहित ५५ जना, आब २०७८र७९ मा करिब २४ केजीसहित ८८ जना र गएको आव २०७९र८० मा करिब ११ केजीसहित ९१ जना पक्राउ परेका थिए ।

मंगलबार विमानस्थल बाहिरबाट बरामद करिब सय केजी सुनसँग जोडिएका ६ जना पक्राउ परिसकेका छन् । यसको मुख्य कारोबार र सुन कहाँ लैजान लागिएको भन्ने तथ्य खुलिसकेको छैन । राजस्व अनुसन्धान विभाग र प्रहरीका अधिकारी यो अपराधमा संलग्न मुख्य अभियुक्तको पहिचान गरी कारबाहीको दायरामा ल्याउन अनुसन्धान भइरहेको जनाएका
छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो नौ वर्षमा सबैभन्दा बढी आव २०७४र७५ मा सबैभन्दा बढी २ सय केजीभन्दा बढी बरामद भएको छ । आब २०७१-७२ मा पनि १ सय ७१ केजीभन्दा बढी तस्करीको सुन बरामद भएको देखिन्छ । यो त तस्करीबाट भित्रिएर बरामद भएको परिमाण मात्रै हो । यसअघि २०७४ भदौमा काठमाडौं प्रहरीले रसुवागढी नाका हुँदै ल्याइएको ८८ केजी सुनसहित एक भरियालाई पक्राउ गरेको थियो ।

पछिल्लो नौ वर्षमा तस्करीबाट भित्रिएको साढे ६ सय केजीभन्दा बढी सुन बरामद भएको छ । आर्थिक वर्ष २०७१र७२ यता स्थल र हवाई मार्गबाट अवैध रुपमा भित्रिएको ६ सय ६५ केजीभन्दा बढी सुन सुरक्षा निकाय तथा भन्सार र राजस्व प्रशासनका विभिन्न निकायले बरामद गरेका हुन् ।