काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका एक जनालाई पक्राउ गरेको छ । जसअनुसार ब्युरोले ६० किलो सुन तस्करीमा संलग्न काभ्रेका तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय कान्छामान लामा ‘थर्कमान’ लाई पक्राउ गरेको छ । तेमाल गाउँपालिका वडा नम्बर–४ घर भएका कान्छामान लाजिम्पाटबाट पक्राउ परेका हुन् । उनी सामाखुसीमा बस्दै आएका थिए । ६० किलो सुनमा कान्छामानको संलग्नताबारे अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
६० किलो सुन तस्करी प्रकरणमा ‘थर्कमान’ पक्राउ