काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ । सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४६ हजार र तेजावी सुन प्रतितोला एक लाख ४५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
सुन प्रतितोला एक हजार ८०० रुपैयाँले बढ्यो