काठमाडौँ । सुनको मूल्य स्थानीय बजारमा उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि निर्धारण गरेको सुनको मूल्य हालसम्मकै उच्च हो । तोलामा तीन सय रुपैयाँले वृद्धि भएपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो ।
बुधबार प्रतितोला एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ६० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य स्थिर छ । बुधबार प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि समान नै निर्धारण भएको छ ।