काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले चालू आर्थिक वर्ष २०८०—८१ को मौद्रिक नीति पारित गरेको छ । आज बिहानदेखि बसेको बैठकले मौद्रिक नीति पारित हो । आजै वेबसाइटमार्फत सार्वजनिक गर्ने तयारी केन्द्रीय बैंकले गरेको छ । मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन भने ३ बजे याक एण्ड यति होटलमा डाकिएको छ । समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापन मार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सृजनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ ।
राष्ट्र बैंकको सञ्चालक समितिद्धारा मौद्रिक नीति पारित, सार्वजनिक हुदैँ