Monday, May 06, 2024

२०८१ बैशाख २४, सोमबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

टीभीएस आई क्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य ३ लाख


टीभीएस आई क्युब इलेक्ट्रिक स्कुटर सार्वजनिक, मूल्य ३ लाख

काठमाडौं । नेपाली बजारमा टीभीएस आई क्युब इलेक्ट्रिक स्कुटर भित्रिएको छ । टीभीएस मोटर्सका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले लाइफ टाइम ब्याट्री अस्योरेन्स सुविधा सहित यो स्कुटर ल्याएको हो ।

नेपालीहरूका लागि ब्याट्रीको टिकाउपन, वारेन्टी र लागत मुख्य चिन्ता भएकाले टीभीएसले आई क्यूब मार्फत नेपालमा इलेट्रिक स्कुटरलाई व्यापक प्रयोगमा ल्याउने उद्देश्य राखेको छ ।

ब्याट्री अस्यारेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आई क्यूबका ग्राहकले ७० प्रतिशत एसबीएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

टीभीएस आई क्युब र टीभीएस आई क्युब एस गरी टीभीएस आई क्यूबका दुई मोडल उपलब्ध हुनेछन । कम्पनीका अनुसार ब्याट्री अस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आई क्यूबका ग्राहकले पाँच वर्षमै इन्धन र मर्मतमा रु १,३५,००० बचत गर्न सक्नेछन् । पेट्रोलको मूल्य बढेसँगै यो बचत पनि बढ्ने कम्पनीको तर्क छ ।

नेपालमा ३३ डिलरहरूमा उपलब्ध रहेको आई क्युबको मूल्य दुई लाख ९९ हजार ९०० रुपैयाँबाट सुरु हुन्छ ।