Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

कीर्तिपुर नगरको विकासका लागि जिम्मेवार छौैं, आर्थिक पारदर्शिता र सुशासनका सवालमा गम्भीर छु: शुभलक्ष्मी शाक्य (उपप्रमुख) [भिडिओ सहित]


कीर्तिपुर नगरको विकासका लागि जिम्मेवार छौैं, आर्थिक पारदर्शिता र सुशासनका सवालमा गम्भीर छु: शुभलक्ष्मी शाक्य (उपप्रमुख) [भिडिओ सहित]

काठमाडौं,२६ असार । संघीय राजधानी रहेको काठमाडौं र राजधानीको नजिकै रहेको कीर्तिपुर नगरपालिका एउटा महत्वपूर्ण ऐतिहासिक क्षेत्र हो । यहाँ धार्मिक तथा सांस्कृतिक पर्यटकिय क्षेत्रहरु धेरै छन् । त्यसमा पनि एउटा शैक्षिक भ्रमणको महत्वपुर्ण गन्तव्य रहेको यस क्षेत्र सामाजिक, आर्थिकरुपमा सम्पन्न भएपनि केहि समय विकासको हिसावले पछाडी परेको थियो । पर्यटकीय महत्व बोकेको यस क्षेत्र पछिल्लो समय पर्यटन रुट बिहिन छ ।

स्थानीय तहको पहिलो कार्यकालमा पनि यस क्षेत्रको विकास निर्माणले गतिलिएको थियो भने, दोस्रो पटक निर्वाचित भएका जनप्रतिनिधिहरु पनि विकासका लागि महत्वपुर्ण योगदानका साथ अघि बढी रहेका छन् । हामीले कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्य(सुनिता)संग यहाँको विकास निर्माणको विषयमा कुराकानी गरेका छौं । अघिल्लो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले गरेका कामको समिक्षा र अहिलेका जनप्रतिनिधिहरुको दायित्वका विषयमा पत्रकार नजरराम महर्जनले विजनेस दर्शन टेलिभिजनकालागि गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत गरेका छौं । मुख्यगरि हामीले उनीसंग मुख्यगरि एक वर्ष कार्यकाल र विकास निर्माणका विषयमा कुराकानी गरेका छौं ।

यो एक वर्षभरिमा तपाईहरुले मुख्य मुख्य के—के काम गर्नुभयो ।
एक वर्ष भरिमा सबै क्षेत्रको काम हामीले देखाउने गरी त गर्न सकिरहेका छैनौ । तर, स्वास्थ्य र शिक्षामा हामीले विशेष रुपमा काम गरिरहेका छौं भन्ने हामीले महशुस गरेका छौं । जसमा कीर्तिपुर नगरपालिका भित्रकै जनताहरुकालागि कीर्तिपुर हस्पिटलमा ५० प्रतिशत सहुलियतको व्यवस्था ग¥यौं । त्यो सँगसँगै सामुदायिक कलेजमा स्थानीय विद्यार्थीका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्ने भनेर हामीले सम्झौता गरेका छौं । र अहिले हामीले यहाँ प्राविधिक शिक्षालयको आवश्यकता रहेकाले एउटा प्राविधिक शिक्षालयको स्थापना गर्ने भन्ने योजना बनाईसकेका छौं, जुन यही शैक्षिक सत्रदेखी नै सञ्चालन गर्ने भन्ने कुरो थियो तर केही प्राविधिक कठिनाईका कारण त्यो योजना भने ढिलो हुने संकेत देखिएको छ ।

यसका साथै राष्ट्रिय भूमि आयोगसँग पनि हामीले कीर्तिपुरका भूमिहीन बासिन्दाका लागि भूमिको व्यवस्थापन तथा राहतको व्यवस्था गरिदिनुप¥यो भनेर सम्झौता गरिसकेका छौं ।साथै स्थानीय बासीन्दाहरुका लागि राष्ट्रिय स्वास्थ्य विमालाई अगाडी बढाउनका लागि डाटा संकलन समेत गरिसकेका छौं । त्यस्तै, खेलकुद विकासका लागि भनेर हामीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनाउनका लागि यहाँका भाईबहिनीहरुका लागि भनेर विभिन्न खेलहरु सञ्चालन गरिनुका साथै त्यससँग सम्बन्धित तालिमहरु प्नि सञ्चालन गरिरहेका छौं । भौतिक पूर्वाधार निर्माणको सवाल र आगामी दिनका योजनाहरुमा भने हामीले यहाँको आवश्यकता पहिचान गरेर त्यसै अनुरुपको योजना बनाउँदै कार्यक्रम सञ्चालन गरी अगाडी बढ्ने कुरा भएको छ ।

अनुगमनका क्रममा काम गरेको नगरेको के–कस्तो भेटाउनुभयो र नगर्नेलाई के–के कारवाही गर्नुभयो ?
अनुगमन जाने क्रममा हामीले कुनै ठाउँमा कामको स्टीमेट तथा योजना भन्दा कम काम गरेको पनि पाईयो । कम्तिमा हामीले १० लाख भन्दा पनि माथिको बजेटको योजनाहरुमा तीन पटक सम्म अनुगमन गर्ने गरेका छौं, त्यसका लागि म स्वयम् जान नपाएपनि नगरका प्राविधिक टोलीहरु अनुगमन गर्न लगाएका छौं । कुनै योजनाका कामहरुमा बढी पनि काम गरेको हामीले पाएका छौं । तर अनुमानित योजनाका कामहरु नगरिएको खण्डमा काम गरिएको अधारमा मात्रै हामीले जति काम गरेको छ त्यही हिसाबले मात्र भुक्तानी गर्ने व्यवस्था मिलाएका छौं । ३० लाखदेखी माथिको योजनालाई चाहिँ हामीले ल्याबटेष्ट, क्यूबटेष्ट देखी लिएर गुणस्तरिय रुपमा गतिविधिलाई अघी बढाउने निर्णय गरेका छौं । जति योजना छ त्यति काम हुनैपर्छ भन्ने हाम्रो जोड छ ।


स्थानीय सरकार आएदेखि कीर्तिपुर नगरपालिकाको एउटा नारा छ , ‘हाम्रो कीर्तिपुर समृद्ध कीर्तिपुर’ समृद्ध कीर्तिपुर बनाउन अहिलेसम्म यहाँको पहल के–के रह्यो ?
अवश्य पनि हामी भन्दा पहिलेका जनप्रतिनिधि ज्यूहरुले गर्नुभएका राम्रा कामहरुलाई हामीले निरन्तरता दिनुपर्छ र हामीले दिईरहेका पनि छौं । समृद्धि शब्द कीर्तिपुरका लागि मात्र नभई सबै ठाउँका लागि लोकप्रिय शब्द हो । तर समृद्ध शब्दमा मात्र सीमित रहेर त्यसको औचित्य रहँदैन । नगर समृद्ध हुनको लागि सबैभन्दा पहिला व्यक्ति समृद्ध हुनुपर्छ । यो ठाउँ को पहिचानको आधारमा सास्कृतिक, ऐतिहासिक, पुरातात्विक विभिन्न मठमन्दिरको महत्व त छ नै तर यसलाई हामीले आर्थिक रुपमा परिवर्तन गर्न सकिरहेका छैनौं । कम्तिमा पनि यो ठाउँलाई हामीले पर्यटकीय नगरीयको रुपमा आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षण गरी विकास गर्न आवश्यक छ । यसका लागि यहाँ चोक–चोकमा, र टोल–टालमा एक–एक वटा होमस्टे सञ्चालन गरी यहाँको हस्तकला उत्पादन गरी बिक्री वितरण गरेर पर्यटन व्यवसाय गर्न जरुरी देखिन्छ ।

र यहाँका प्रत्येक दिदीबहिनीहरुले आफ्नो नेवारी परम्परा, परिकार र संस्कृति झल्किने खालको व्यवसायहरु निर्धक्क रुपले प्रस्तुत गरी देखानसक्नुपर्छ । कीर्तिपुर एउटा प्राचिन बस्ती तथा सम्पदा भएकोे ठाउँ हो । यसकारण यो ठाउलाईँ समृद्ध बनाउने छोटो बाटो भनेकै पर्यटन व्यवसाय हो । र त्यसैका लागि हामी पर्यटन बोर्ड पनि गयौं । पर्यटन रुटका लागि विभिन्न कुराहरुमा सहमती पनि भएको छ । त्यही अनुरुप पर्यटन विकासका लागि भनेर बोर्डबाट रात्रिकालीन पर्यटन प्रवद्र्धनका लागि केही बजेट सहयोग गरिने भएको छ, जसका लागि सुरुमा छ लाख रकम प्रदान हुने भएको छ । अहिले कीर्तिपुर नगर परिचित हुने भनेकै त्रिभुवन युनिभर्सिटी हो । हामी जहाँ गएपनि नेपालभरिका विद्यार्थी यहीँ नै बसेर पढ्ने गरेको भन्ने सुनिन्छ । यसरी यो ठाउँको शैक्षिक, साँस्कृतिक र ऐतिहासिक रुपमै महत्व भएका कारण देश–विदेशका सबै पर्यटक यहाँ आउनुहुँदा आनन्दले दुईचार दिन बस्ने गरी नै अवलोकन गर्न सकियोस् र पर्यटकीय क्षेत्र बनाउन सकियोस्, यही नै हाम्रो चाहना हो । त्यसपछि मात्र हामीले समृद्धलाई साकार रुप दिन    सक्छौं ।


तपाईको राजनीतिक जिवनका कुरा गरौं, चुनावी मैदानमा रुख चिन्ह लिएर लड्नुभयो र जित्नु पनि भयो, तर, तपाई जनता समाजवादी पार्टी जसपाको नेता ? राजनीतिक जिवन कसरी अघि बढी रहेको छ ?
खासमा म जसपाबाट नै हुँ । अहिलेपनि म जसपामै छु । यस विषयमा भन्नुपर्दा खेरी चुनावको समयमा यही कीर्तिपुर नगरपालिकाभित्र क्रियाशील रहेका चार वटा पार्टीको गठबन्धनबाट चुनाव लड्ने भन्ने कुरा व्यापक र घनीभूत रुपमा छलफल भएको थियो तर केही कुरा तथा विचारहरु नमिल्दाखेरी त्यसमध्ये दुईवटा पार्टीे अलग्गै चुनाव लड्ने निर्णय गर्नुभयो र बाँकी पार्टी जसपा र कांग्रेसको गठबन्धन मिलेर चुनावमा जाने भन्ने सहमती भयो, र चुनावी चिन्ह दुईथरी राख्दा भोटका लागि जनता झुक्किने हो कि भन्ने सुझावले हामीले एउटै चुनावी चिन्ह लिएर चुनाव लड्ने सहमती ग¥यौं र जनताको सहजताको लागि उहाँहरु नझुक्किउन् भनेर रुख चिन्हबाट नै चुनाव लड्ने हामीले निर्णय गरेका थियौं, जुन त्यो बेलाको माग थियो ।