काठमाडौं । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले बुधबार क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ३५० सीसी इन्जिनको यो मोटरसाइकललाई रोयल इन्फिल्डको पुरातात्विक तथा पोस्ट वार जीटू मोडलको उत्प्रेरणा जगाउने मोटरसाइकलको रूपमा लिइन्छ ।
सिग्नल्स एडिसन डेजर्ट स्यान्ड र मार्स ग्रे कलरमा उपलब्ध हुनेछ । यो मोटरसाइकलमा भएको ३५० सीसी नयाँ एयर आयल कुल्ड इन्जिनले सहज पावर डेलिभरी बलियो टर्क र अत्यन्त परिस्कृत सवारी अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । यसको फराकिलो सिट प्रोफाइल र नरम फोम कुसन प्याडिङले सहरभित्र र लामो यात्रामा चालक र पछाडि बस्ने यात्रुलाई आरामदायी अनुभव दिनेछ । नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्विच इन्फो स्विच र ओभल मास्टर सिलिन्डर लगायतका विभिन्न फिचर यसमा उपलब्ध छन् ।
त्यसैगरी नयाँ पाइलट लाइटहरू भएको हेडलाइट र नयाँ डिजाइनको टेललाइट तथा एकीकृत रिफ्लेक्टर यसमा रहेका छन् । बाइकमा अगाडि रहेको ३०० एमएम डिस्क ब्रेकसँग टिविन्स पिस्टन फ्लोटिङ क्यलिपर र पछाडि रहेको २७० एमएम डिस्क ब्रेकसँग सिंगल पिस्टन फ्लोटिङ क्यलिपरले अझ बढी आत्मविश्वासपूर्ण ब्रेकिङ प्रदान गर्छ ।
नयाँ क्लासिक ३५० सिग्नल्स एडिसनले परम्परा र नवीनताबीचको सन्तुलनलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको कम्पनीको भनाइ छ । नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन रोयल इन्फिल्डको नेपालभरि २४ वटै शोरुममा सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नजिकको रोयल इन्फिल्डको शोरुमबाट यसलाई अवलोकन गर्न र टेस्ट राइड गर्न सकिन्छ ।