Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लम्पी स्कीनको खोप महंगोमा किन्न बाध्य किसान, खोप लगाउन आउने सरकारी चिकित्सकलाई छुट्टै भत्ता (विवरण सहित)

भैसीलाई खोप लगाए बाफत ३० रुपैयाँका दरले ४ हजार २ स...


लम्पी स्कीनको खोप महंगोमा किन्न बाध्य किसान, खोप लगाउन आउने सरकारी चिकित्सकलाई छुट्टै भत्ता (विवरण सहित)

काठमाडौं । संघीय सरकारका तीन तहबीच सहकार्य नहुदा लम्पी स्किन रोगका कारण प्रभावित गाई भैसीको उपचारमा स्वयम किसानहरुले महंगोमा खोप किन्न बाध्य भएका छन् । मुख्यगरि लम्पी स्किन रोगको बढी प्रभाव रहेको कोशी प्रदेशका किसानहरुले महंगोमा खोप खरिद गर्ने र सरकारी प्राविधिकहरुलाई भत्ता दिएर संक्रमण विरुद्धको खोप लगाउन बोलाउने गरेको पाइएको छ ।  मोरङको विराटनगर १५ स्थीत एक कृषि फर्ममा रहेका १ सय ४३ वटा भैसीकालागि ३१ हजार ५ सयको खोप र सो संख्याको भैसीलाई खोप लगाए बाफत ३० रुपैयाँका दरले ४ हजार २ सय ९० रुपैयाँ भुत्तानी गरेको पाइएको छ ।

भैसीहरु मर्ने अबस्थामा रहेका समयमा सम्बन्धीत निकायलाई पटक—पटक ताकेता गर्दा खोप नभएको भन्दै फर्काउने गरेपछि फर्म सञ्चालनले दमक ६ झापा स्थीत एक भेटेरीनरी औषधि पसलबाट खोप खरिद गर्न बाध्य भएको बताए । सो भेटेरीनरीबाट खरिद गरिएको भ्याट सहितको विल हामीलाई प्राप्त भएको छ । स्थानीय तह, जिल्ला स्थीत सम्बन्धीत निकायमा जानकारी गराउदा खोप नभएको र खोप किन्ने भए सो पसलमा जान सुझाएको फर्म सञ्चालकको भनाई छ ।

अन्तिम अबस्थामा खोप खरिद गरिएपनि सरकारी प्राविधिकहरुले खोप लाउन नआएको बताए । उनले प्राविधिकहरुले कार्यालय समयमा उपस्थित हुन नसक्ने जनाएपछि बिहानको समयमा अतिरिक्त पैसा दिनु परेको उनले सुनाए । प्राविधिकहरुको माग अनुसार प्रतिभैसी ३० रुपैयाँका दरले ४ हजार २ सय ९० रुपैयाँ बुझाएको विल हामीलाई प्राप्त भएको छ । उनले भनेः सरकारले सबै प्रदेश तथा स्थानीय तहलाई परिपत्र गरेको छ ।

संक्रमण नियन्त्रणमा सबै तह गम्भीर हुनु पर्ने अबस्थामा उल्टै किसानले महंगोमा खोप खरिद गर्ने र सो खोप लगाउन फेरी सरकारी कर्मचारीलाई पैसा दिएर बलाउनु पर्ने यो कस्तो संयन्त्र हो ? उनले भनेः भैसी मर्ने अबस्था आएपछि बाध्य भएर प्राविधिक बोलाउनु पर्यो । हामीले सञ्चालन गरेको कृषि फर्म देशकै नमुना हो, हामीले प्रदेशको शानकारुपमा यसलाई प्रस्तुत गरेका छौं तर, राज्यकै निकायबाट किसान ठगीन बाध्य भएका छन् ?

यसैबीच, हामीले पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बिराटनगर कार्यालय प्रमुखलाई यस विषयमा सम्पर्क गर्ने प्रयास भएपनि सम्पर्क हुन सकेन । प्रदेश सरकारले तत्काल खोप खरिद गर्न सक्ने अबस्था नभएपनि प्राविधिक सेवा प्रदान गर्न कुनै शुल्क नलाग्ने भताइन्छ । उनले किसान आफैले खरिद गरेको भ्याक्सीन लगाउन शुल्क लिएको प्रमाणभए कारबाही अघि बढाउने स्थानीय प्रशासन बताउछ यो एउटा ज्वलन्त उदाहरण मात्रै हो । यस्ता कयौं फर्महरुले बर्षाैदेखि समस्या भोगी रहेका छन् ।

यता, बिहीबारको प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन रोगको महामारी नियन्त्रणका लागि ४७ करोड रुपैयाँ रकम विनियोजन गरेको बताएका थिए । महामारी नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्न ५ करोड ६० लाख रुपैयाँ रकम विनियोजन गरिएको उनको भनाईकाबीच किसानहरुले खोप नपाएको गुनासो बढ्न थालेको छ । उनले प्रदेशहरुले पनि खोप खरिदका लागि बजेट विनियोजन गरेका र कतिले विनियोजन गर्ने प्रक्रिया अगाडि बढाएको बताएका छन् ।

मन्त्री भुसालको भनाई अनुसार विगत ५ महिनामा लम्पी स्किन रोगबाट १४ लाख ४६ हजार ४५९ पशु बिरामी परेको छन् । त्यसमध्ये १२ लाख ८८ हजार ७५९ निको भएका र ५२ हजार ४४८ पशुको मृत्यु छ । हाल १ लाख ५ हजार २५३ पशु बिरामी अवस्थामा रहेका कृषिमन्त्री भुसालले भनाई छ । लम्पी स्किन रोग नियन्त्रणकालागि तीनै तहको सरकारबीच समन्वयमा काम भइरहेको मन्त्री भुसालको दावी छ ।