Friday, July 18, 2025

२०८२ श्रावण ३, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अगस्ट २७ देखि काठमाडौंमा नाडा अटो शो आयोजना हुने


अगस्ट २७ देखि काठमाडौंमा नाडा अटो शो आयोजना हुने

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा अगस्ट २७ गतेदेखि काठमाडौंमा नाडा अटो शो २०२४ आयोजना हुने भएको छ।

नाडाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो आयोजना गरिएको जनाएको हो। प्रदर्शनीमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दुई पांग्रे ब्रान्डहरू १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जनाएको छ।

त्यस्तै कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने र ७ वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधान दिने नाडा अटो शो २०२४ समितिका कार्यबहाक संयोजक अनुप कुमार बरालले जानकारी दिए। मेलालाई व्यवस्थित र भव्य बनाउन ट्राफिक प्रहरीसँग समन्वय गरिएको उनले बताए। नाडा अटो शोको ७५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ।

यो कार्यक्रम अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुनेछ ।