काठमाडौं । आफ्नो नेतृत्वमा गठन भएको सरकारको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट भोलि दिउसो ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने छन् । गत मंसिरमा सम्पन्न आमनिर्वाचनपछि प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा पुस १० गते सरकार गठन भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने