काठमाडौं । पछिल्लो समय गलैँचा(कार्पेट) निर्यात ह्वात्तै बढेको छ । भन्सार विभागका अनुसार गत चालू आर्थिक वर्ष ०७९÷८० को १० महिनामा गलैँचा निर्यात २३.२१ प्रतिशतले बढेको हो । ग्त वर्षको वैशाखसम्म नौ अर्ब ४९ करोड २२ लाख ९३ हजार रुपैयाँको कार्पेट निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब ७८ करोड ८३ लाख रुपैैयाँले बढी हो । गत आवको वैशाखसम्म नेपालबाट सात अर्ब ७० करोड ३९ लाख रुपैयाँको कार्पेट निर्यात भएको थियो । कार्पेट निर्यात खासगरी अमेरिका, जर्मनी जस्ता देशहरुमा हुने गरेको छ । सरकारले गलैचा निर्माणका लागि आवस्यक कच्चा पदार्थ आयातमा भन्सार छुट गर्न सके गलैचा निर्यात अझ बढ्न सक्ने उद्योगीहरुको भनाई छ । हामीले यसैबीच विषयमा नेपाल गलैचा उत्पादन तथा निकासी कर्ता संघका महासचिव बलराम गुरुङसँग पछिल्लो निर्यातका विषयमा छलफल गरेका छौं । उनिसँग गरिएको कुराकानीको सम्पादित अंशः
नेपालमा गत आर्थिक वर्षमा गलैचा नियात निकै बढ्यो । तर व्यवसायी अहिले पनि सन्तुष्ट छैनन् नि होइन ?
हो हामीले उत्पादनका हिसावले निकै क्षमता विकास गरेका छौं तर, हाम्रो उत्पादनले बजार पनि लिएको छ । तर, राज्यले हामी माथि गर्नुपर्ने सहयोग गरेको छैन । जसले गर्दा हामीलाई थप समस्या भएको छ । गत आर्थिक वर्षमा हामीले उत्पादनलाई बढाउँदा नियात उल्लेखनिय भयो तर, व्यवसायीहरु जहाँको त्यहि छन् । आर्थिक वर्ष ०७९÷८० को १० महिनामा गलैँचा निर्यात २३.२१ प्रतिशतले बढेको हो । ग्त वर्षको वैशाखसम्म नौ अर्ब ४९ करोड २२ लाख ९३ हजार रुपैयाँको कार्पेट निर्यात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा एक अर्ब ७८ करोड ८३ लाख रुपैैयाँले बढी हो । गत आवको वैशाखसम्म नेपालबाट सात अर्ब ७० करोड ३९ लाख रुपैयाँको कार्पेट निर्यात भएको थियो । कार्पेट निर्यात खासगरी अमेरिका, जर्मनी जस्ता देशहरुमा हुने गरेको छ ।
नेपालमा गलैचा उत्पादनको सुरुवातका बिषयमा जान्न मन लाग्यो यसको पृष्ठभूमि र अहिलेको अबस्था कस्तो छ ? यसमा कति श्रमिक आवद्ध छन् ?
सन् १९४९ मा चाइनाले लगैचाको उपभोग गरिसकेपछि तिब्बतियनहरु नेपाली शरणार्थीकमो रुपमा नेपाल आए । देशको विभिन्न ठाउँमा बसोबास गरेका उनिहरुले गलैचा बुन्ने कलाको सुरुवात गरेको भन्ने पाइन्छ । अहिले यसले देशको अर्थतन्त्रमा निकै महत्वपुर्ण भूमिका निभाएको छ । उपत्यका भित्र वि.स. १९९० देखि घरेलु उद्योगकोसुरुवात भएको पाईन्छ यसै समय देखिनै गलैचा उद्योगको स्थापना भएको हो । उपत्यका भित्रको भक्तपुर क्षेत्र पनि यसै समय देखि स्विस सहयोग पछिनै गलैचालाई आयश्रोतको वाटो वनाएको पाइन्छ ।
यस उद्योगवाट धेरै कामदारहरुले श्रम लगाउन पाए भने अन्य शरणर्थी पनि जिविकोपार्जनको लागि काम पाए । अन्यमा विस्तार तथा प्रभाव पदै जाँदा आज भोली गलैचा उत्पादन गर्ने क्षेत्रहरुमा भक्तपुरको मध्यपुर ठिमी न.पा. अन्तरगत वडा नं. १५ को गठ्ठाघर पनि मुख्य मानिन्छ । यसरी विभिन्न जाती, भाषा तथा संस्कृति वोकेको मान्छेहरु आफ्नो श्रम गलैचा उद्योगको लागी प्रयोग गरिरहेका छन्। वर्तमानमा आएर ९५ प्रतिशत गलैचा उत्पादन उपत्यका भित्र तयार पारिन्छ भने केवल ५ प्रतिशत गलैचा मात्र उपत्यका भन्दा वाहिरका जिल्लाहरुमा उत्पादन गर्ने गरिन्छ ।
सन् १९५० तिर चिनवाट शरणार्थीका रुपमा आएका तिव्वतका करिव १५०० शरणार्थीले नेपालमा विभिन्न गलैचा वुन्ने गरेको गलैचाहरु सुन्दर मनमोहक भएका कारण नेपालको धेरै जस्तो क्षेत्रमा तिव्वतीयन गलैचाले प्रभाव पारेको थियो । काठमाण्डौमा भने सन् १९६१ देखि गलैचा वुन्ने काम प्रारम्भ भयो । उपत्यकामा खासगरी वौद्धलाई (१९६८) प्रमुख क्षेत्र मानियो । यसरी स्वयम्भु, ढोरपाटन, पोखराका विभिन्न ठाउँमा पनि गलैचा कारखाना स्थापना गरियो ।
आजभोली उपत्यकाका धेरै जस्तो ठाउमा गलैचा उत्पादन हुने गरेको पाईन्छ । भक्तपुरमा मात्र करिव ८४ वटा गलैचा उद्योगहरु वर्तमानमा कार्यरत छन् । छ उपत्यका भित्रको तिनवटा जिल्ला मध्ये भक्तपुर जिल्ला विक्रम सम्वत् २०५५ सम्ममा ८१ वटा कार्पेट उद्योगहरु संलग्न देखिन्छ । जसमा गलैचा उत्पादक ७१, उनी धागो कताई ९ वटा, उन कर्ती तर्फ ३ वटा, उन डाई तर्फ २ वटा र निर्यातक उद्योग ५ वटा रहेका छन् भने त्यही समयमा ति उद्योगमा काम गर्ने पुरुष, महिला श्रमिकहरु जम्मा ३ हजार १४ रहेका छन् भने उनीहरुको शैक्षिक हैसियत हेर्नु पर्दा शिक्षित श्रमिकहरु जम्मा ९१, अर्ध शिक्षित जम्मा २३६९ र अशिक्षित श्रमिकहरुमा ५५४ रहेका छन् । यी उद्योगहरुमा महिला श्रमिकहरु १३५१ र पुरुष श्रमिकहरु १६६३ छन् ।
अहिले गलैचा उद्योगको अबस्था कस्तो छ ?
अहिले मैले भने १९०० मा एकदम हाइथियो एकदम माथि थियो अहिले घट्यो योे कोरोना २०७६ मा निकै घटेको थियो । त्यसछि ३ बर्ष बढेको छ यसमाचाहि अमेरीकाको मार्केट अलि ठुलो भइरहेको छ ।
सरकारले आगामी बर्षको लागि बजेटमा गरेको ब्यबस्थाले गलैचा उद्योगलाई अफ्ठयारो परेको हो ?
मैले अघि पनि भनेको छु, हामी अहिले पनि सरकारको सहयोगमा छैनौं । यसमा प्रेसविज्ञप्ती जारीगरेका थियौं अस्ति असार १३ गते यसमा अचम्म छ बिनम्बना छ । उद्योग तथा बाणिज्य मन्त्रालयले बजेट बन्नु भन्दा अगाडी आएर हामीलाइ बोलाउनु हुन्छ सधै त्यसमाथि उहाँले पहिलो मा गलैचा ब्यवसायलाई बोलाउनु हुन्छ । सचिव स्तरीय विभाग इस्तरीय गरेर बोलाउनु हुन्छ । त्यसपछि केगरेभने यो १०० मीलीए बनाउन सकिन्छ । र १०० ला कसरी २०० ३०० बनाउन सकिन्छ । सोध्नु हुन्छ हामी यो यो कम गर्नु पर्छ भन्छौ तर अब त्यसको लगतै आउने बजेटमा चहि भएको सुबिदा पनि कटौति हुन्छ ।
बजेटमा उल्लेख भएको प्रवधान अनुसार कुन व्यवस्थाले गलैँचा उत्पादन समस्यामा परेको हो ?
अहिलेको अबस्थामा भन्नुहुन्छ भने, हामी सबै कुराबाट समस्यामा छौं । हामीले चाहेको जस्तो हुन सकेको छैन । त्यसमा पनि बजेटमा कच्चा पद्र्धाथमा सरकारले कर लगाउने र उद्योग व्यवस्थापनमा सहयोग नगर्ने सबै भन्दा समस्याको विषय हो । त्यसपनि उत्पादन र यसको बजार व्यवस्थापनमा सरकारले सहयोग गर्न सकेको छैन ।